काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ अंकमा कायम भएको छ ।
आज दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिएको छ ।
लगानी समूह, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेका छन् भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
लगानी समूह ०.०९, म्युचुअल फन्ड ०.०४, निर्जीवन बीमा ५.६१ र व्यापार ०.८० अंकले बढेका छन् । सबैभन्दा धेरै घट्नेमा भने जीवन बीमा समूह ५०.०१ र होटल तथा पर्यटन ३५.५८ अंकले घटेका छन् ।
त्यस्तै, बैंकिङ २.१९, विकास बैंक २१.१७, वित्त ४.८८, जलविद्युत् ११.४१, उत्पादन तथा प्रशोधन ३१.४२, लघुवित्त ०.६० र अन्य समूह ३.१२ अंकले घटेको छ ।
आजको कारोबारमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.८३ प्रतिशतले घटेको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको ३ करोड ६२ लाख २ हजार ६ सय ५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ इक्विटी फन्डको ४ लाख ६७ हजार ४५ कित्ता किनबेच भएको छ ।