आयातित आलु, प्याज रोक्न र स्थानीय उत्पादनको प्रोत्साहन गर्न करकाे दर बढाएकाे हाे : अर्थमन्त्री महत

आयातित आलु, प्याज रोक्न र स्थानीय उत्पादनको प्रोत्साहन गर्न करकाे दर बढाएकाे हाे : अर्थमन्त्री महत

काठमाडौ‌ं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले आयातित आलु, प्याज रोक्न र स्थानीय उत्पादनको प्रोत्साहन तथा सरंक्षण गर्नका लागि करकाे दर बढाएकाे बताएका छन् । 

बिहीबार अर्थमन्त्रालयमा किसानहरूसँगको भेटघाटमा महतले अब उत्पादनमा आधारित भएर मात्रै अनुदान दिइने बताउदै उनले थपे, 'स्वदेशमै उत्पादन बढाउन र स्वदेशी उत्पादनलाई संरक्षण गर्नका लागि आलु, प्याजमा कर लगाएको हाे ।' 

‘यो करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ, स्थानीय उत्पादनलाई महँगो बनाउँदैन’ सरकारको मुख्य उद्देश्य रहेको बताउँदै उनले भने ‘आयातको सट्टा मुलुकभित्रै उत्पादन बढाऔं, त्यसले रोजगारी पनि सिर्जना हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । नेपाल आत्मानिर्भरता तर्फउन्मुख हुन्छौं भनेर प्रस्ताव गरिएको हो ।’ 

तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मानिर्भर उन्मुख गराउने उद्देश्य रहेको उनको भनाइ छ । कृषिकलाई एक तहको संरक्षण दिनुपर्ने मान्यताका साथ २०८० को आर्थिक विधेयक प्रस्तुत गरिएको उनको भनाइ छ ।