काठमाडौं । डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको छ । डेंगु संक्रमित २१ हजारभन्दा बढी नागेको छ । हालसम्म देशभर २१ हजार २ सय ६ जनामा डेंगु संक्रमण भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तंथ्यांकमा उल्लेख छ ।
विगत सात महिनाको अवधिमा ७५ जिल्लामा डेंगु संक्रमणका कारण १३ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमात्रै १६ हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ ।
बागमती प्रदेशमा ३ हजार १४६ जनामा पुष्टि भएको छ भने तेस्रोमा गण्डकी प्रदेशमा ६४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै, क्रमशः सुदूरपश्चिम प्रदेश ५९८, लुम्बिनी प्रदेश ३६४, मधेस प्रदेशमा १९१ र कर्णाली प्रदेशमा ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
ईडीसीडीले डेंगु संक्रमित एक सयभन्दा बढी पुष्टि भएका १० जिल्ला छुट्याएको छ ।
१० जिल्ला मध्ये सबैभन्दा बढी सुनसरी जिल्लामा ११ हजार ६५९ जना संक्रमित भएको महाशाखाले जनाएको छ ।
दोस्रोमा २२ सय ४२ केस मोरङमा पुष्टि भएको छ । त्यसपछि २ हजार १०१ केश धनगडीमा पुष्टि भएको छ ।
क्रमशः १३ सय २३ झापा, ४२७ काठमाडौँ, ३३६ धनकुटा, २७२ सङ्खुवासभा, २६० कास्की, १९४ दार्चुला र १७४ जनामा ललितपुरमा पुष्टि भएको ईडीसीडीकोले जनाएको छ ।