काठमाडौँ- कर्णाली प्रदेश सरकारले ‘एक जिल्ला एक नमुना विद्यालय’ को लागि १४ करोड बजेट विनियोजन गरेको छ ।
शुक्रबार अर्थमन्त्री वेदराज सिंहले बजेट भाषण गर्दै एक जिल्ला एक नमुना विद्यालय बनाउने बताएका हुन् ।
यसैगरी, सरकारले हिमाली जिल्लाका बालबालिका तथा विद्यार्थीहरूको शिक्षाका लागि सुर्खेतमा आवासीय विद्यालय बनाएर पढाउने भएको छ ।
हिमाली जिल्लामा चिसो कारण ६ महिना विद्यालय सञ्चालन हुने र ६ महिना विद्यालय बन्द हुने स्थानका विद्यार्थीहरूलाई सुर्खेतमा आवासीय विद्यालय बनाएर शिक्षा प्रदान गरिने भएकाे हाे ।
कर्णाली प्रदेश सरकारले कर्णाली समिति परियोजनाको लागि १ अर्ब ५० करोड विनियोजन गरेको छ।
यस्तै, कर्णाली प्रदेश सरकारले प्रदेशभित्र रहेका सबै घरको बीमा गरिदिने भएको छ। यसका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, सरकारले 'एक निर्वाचन क्षेत्र एक सडक', ‘नदीमाथिका गरा बनाउछौँ हराबरा’, आर्कषक पर्यटकीय स्थल बनाउन पञ्चपुरी र भेरीगंगामा नमुना सहर, बड्डिचौरदेखि बाबियाचौरसम्मको सडकको कालोपत्रे हुने लगायतका योजनामा बजेट विनियोजन गरेकाे छ ।