नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कार्कीलाई शपथग्रहण गराएका हुन् ।

राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उनले शपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।

संवैधानिक परिषद्ले उनलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद् समक्ष पठाउने निर्णय गरेको थियो । 

समितिले आज उहाँको कार्ययोजना र उनी विरुद्ध प्राप्त उजुरीमाथिको छलफल र प्रश्नोत्तरपछि प्रधानन्यायाधीश पदम नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो ।