काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा संलग्न भएका १७ जना प्रतिवादीहरुको बयान सकिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्म १७ जना प्रतिवादीले बयान दिएका हुन् ।
बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ जनालाई पक्राउ गरेको थियो । भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरुको बयान सुरु भएको थियो ।
आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुने जनाइएको छ ।
बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
थुनामा रहेका प्रतिवादीकाे विवरण
१. मिन बहादुर गुरुङ, भाटभटेनी सुपर मार्केटका संचालक
२. लोकहरी घिमिरे, कार्यालय प्रमुख समरजंग कम्पनी
३.गोपाल कार्की, अवकाश प्राप्त खरिदार
४. शिवजी भट्टराई, तत्कालीन वडा सचिव
५.घमान कुमारी कार्की, नापी सर्भेक्षक
६.बाबुराजा महर्जन, नक्कली मोही
७. देव नारायण महर्जन, मोही
८.ध्रुब प्रसाद अर्याल, नापी सर्भेक्षक
९. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत
१०. नारायणदास मिश्र, पूर्व खरिदार डिल्लीबजार मालपोत
११. रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग
१२. बालकृष्ण श्रेष्ठ, सीडिई भौतिक योजना तथा निर्माण मन्त्रालय
१३. बिनोद पौडेल, सह लेखापाल समरजंग कम्पनी
१४.केशव तुलाधर, बिचौलिया
१५. अरुण कुमार श्रेष्ठ, कर्मचारी नापी विभाग
१६. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत
१७. सञ्जय महर्जन, नक्कली मोही
१८. सकलानन्द महर्जन, नक्कली मोही