काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा ४ पासीकोटको संयुक्त परिवारमा हुर्केका खड्गबहादुर श्रेष्ठको बाल्यकाल संघर्षमय रह्यो । एक बहिनी र दुई जना दाजुभाइमध्ये जेठा छोरा उनको बाल्यकाल संघर्षमय रहेता पनि रमाइलो रहेको बताउँछन् ।
मध्यम वर्गीय उनको परिवारको अर्थतन्त्र कृषि पेसामा निर्भर थियो । सानैबाट उनी आफ्ना बा आमालाई खेतीपातीमा सहयोग गर्थे । विद्यालयबाट छुट्टी पाउनासाथ घरको काम सकेर गृहकार्य गर्नतिर लाग्नुपर्ने हुनाले साथीहरूसँग त्यति समय बिताउन पाउँदैन थिए । आफ्नै खेतबारीमा पसिना बगाउनेलाई खानपिनमा समस्या हुँदैन थियो ।
शान्ति गृह मावि तत्कालीन समयको निकै प्रख्यात विद्यालय हो । भक्तपुर, वनस्थली, दक्षिणकाली लगायत उपत्यकाको विभिन्न ठाउँबाट विद्यार्थीहरू अध्ययन गर्नका लागि उक्त विद्यालय आउने गर्थे । उनले सोही विद्यालयबाट ०३८ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उच्च शिक्षा हासिल गर्नका लागि सरस्वती बहुमुखी क्याम्पसमा भर्ना भए ।
उनी भन्छन्, 'अहिलेको जस्तो कोचिङ, ट्युसनको व्यवस्था थिएन । पहिले, आफैँले गाइड वा स्वअध्ययन गरेर लोकसेवाको तयारी गर्नुपर्ने थियो ।'
त्यो समयमा १५/१६ वर्षको उमेरमा विवाह गर्ने चलन थियो र एसएलसीसम्म अध्ययन गरेपछि प्रहरी, आर्मी वा कुनै पेसामा आबद्ध हुने गरिन्थ्यो । तर, उनले निजामती सेवामा प्रवेश गरेर जनतालाई प्रभावकारी सेवा प्रदान गर्छु भन्ने सोच लिए । र, लोकसेवाको तयारीमा गर्न थाले ।
क्याम्पस अध्ययन गर्ने क्रममा ०४० सालमा उनी लोकसेवामार्फत तत्कालीन समयको मुखिया पदमा नाम निकालेर निजामती क्षेत्रमा प्रवेश गरेका हुन् । त्यो समयमा लोकसेवामा अहिलेको जस्तो चाप नभए तापनि प्रतिस्पर्धा चाहिँ हुने गरेको उनी सम्झन्छन् । उनी भन्छन्, 'अहिलेको जस्तो कोचिङ, ट्युसनको व्यवस्था थिएन । पहिले, आफैँले गाइड वा स्वअध्ययन गरेर लोकसेवाको तयारी गर्नुपर्ने थियो ।'
मुखियाको रूपमा उनको पहिलो दरबन्दी हुलाक सेवा विभागमा भएको थियो । हुलाक सेवा विभागमा काम गर्दै गर्दा ०५३ सालमा उनी नायब सुब्बामा बढुवा भए । नासु हुँदा ०६३ सालमा उनको सरुवा यातायात व्यवस्था विभाग एकान्त कुनामा भयो । उनले त्यहाँ दुई वर्ष काम गरे ।
त्यसपछि उनको सरुवा स्थानीय विकास मन्त्रालयमा भयो । ०६६ सालमा अधिकृतमा बढुवा भएर उनी गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरुवा भए । प्रशासनमा रहँदा लागुऔषध नियन्त्रण कार्यक्रमलाई उनले प्रोत्साहन गर्थे । कार्यक्रमअन्तर्गत उनले विभिन्न विद्यालयहरूमा जनचेतना फैल्याउने, सरोकारवालाहरूसँग सहकार्य गरी विभिन्न कार्यक्रम प्रस्तुत गर्ने, देशभरिका अधिकांश उपचार केन्द्र भ्रमण गरेर प्रशिक्षकको रूपमा लागुऔषध नियन्त्रण कार्यक्रममा विशेष भूमिका निभाएका थिए ।
उनी भन्छन्, 'यो बायोमेट्रिक सिस्टमका धेरै राम्रा पक्षहरू छन् । यसलाई राम्ररी लागु गर्ने हो भने यसको माध्यमबाट अपराध पनि कम गर्न सकिन्छ ।'
०७५ सालमा जिप्रका काठमाडौंको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उनले दुई वर्ष काम गरे । त्यहाँ काम गर्दा साढे चार लाख त्रुटि सहितका डाटाहरू थिए । ती मध्ये ५० हजार डाटामा एउटै बायोमेट्रिकले दुई वटा पासपोर्ट, नागरिकता बनाउने गरेका केस थिए । तीमध्ये पक्राउ परेका ६० जनालाई गृह मन्त्रालयमा कारबाहिका लागि सिफारिस गरेको उनले बताए । उनी भन्छन्, 'यो बायोमेट्रिक सिस्टमका धेरै राम्रा पक्षहरू छन् । यसलाई राम्ररी लागु गर्ने हो भने यसको माध्यमबाट अपराध पनि कम गर्न सकिन्छ ।'
०७७ सालमा आन्तरिक प्रतिस्पर्धाबाट श्रेष्ठ उपसचिवमा बढुवा भए । उपसचिवको रूपमा उनले पहिला जिप्रका काठमाडौंको राष्ट्रिय परिचय पत्र रुजु एकाइमा इन्चार्जको जिम्मेवारी निभाए । ०७० असोजबाट उनी जिप्रका काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत छन् ।
निजामती क्षेत्रको अनुभव र बुझाई
निजामती क्षेत्रमा सेवा गर्ने मौका पाएकाले श्रेष्ठ आफूलाई अत्यन्तै भाग्यमानी ठान्छन् । अबको असोज २२ गते उनी अनिवार्य अवकाशमा जाँदै छन् । निजामती क्षेत्रमा आबद्ध भएर सरकारी सुविधाका साथ सामाजिक सेवा गर्ने मौकालाई उनी स्मरणीय ठान्छन् । अवकाशको दिन नजिकै आउँदा उनलाई बाँकी रहेका दिनहरू सरकारी कक्षमा जनतालाई सेवा गरेर बिताउन मन छ । उनी भन्छन्, 'निजामती क्षेत्रमा जोडिएर सेवाग्राहीलाई सेवा गर्ने अवसर पाएकोमा धेरै नै सन्तुष्ट छु ।'
जनताको दृष्टिकोणमा कर्मचारीहरू दुःख दिन बसेका भन्ने बुझाई छ । माथिल्लो तहमा पहुँच भएका जनताले त हाकिमसँग कुरा मिलाएर कर्मचारीलाई दबाब सम्म दिने गरेको उनले सुनाए ।
सरकारी कर्मचारीको उद्देश्य भनेको जनतालाई वैधानिक ढङ्गले सहजीकरण र सरलीकरण गर्ने हो । कार्यसम्पादन गर्ने क्रममा कहिलेकाहीँ कागजातको कमी भएमा वा कागजात नमिलेको खण्डमा कर्मचारीले पनि सहजीकरण गर्न सक्दैनन् । यस्तै कुराले जनताको दृष्टिकोणमा कर्मचारीहरू दुःख दिन बसेका भन्ने बुझाई छ । माथिल्लो तहमा पहुँच भएका जनताले त हाकिमसँग कुरा मिलाएर कर्मचारीलाई दबाब सम्म दिने गरेको उनले सुनाए ।
पहिल्यै देखिएका कर्मचारीहरूले गरेका लापरबाहीका कारणले पनि चुनौती आएको उनले बताए । उनीहरूले कागजातको हिफाजत नगरेको, नागरिकता जस्तो परिचयपत्रमा जन्म मिति बिगारेको आदि कुराले अहिले नियुक्त भएका कर्मचारीहरूसँग पनि जनताको गुनासो रहने गर्छ ।
साथै, जनशक्तिमा कमी भएको र सेवा ग्राहीहरूको चापको कारणले पनि प्रभावकारी सेवा प्रदान गर्नमा बाधा आएको कुरा श्रेष्ठले उल्लेख गरे ।
स्वदेशमा भविष्य देख्दैनन् युवा
अहिलेको समयमा अधिकांश युवाहरू विदेश पलायन हुने गरेका छन् । श्रेष्ठका अनुसार यसो हुनुमा सरकारको कमजोरी रहेको छ । सरकारको नीति नियम कमजोर भएकाले नेपालमा सञ्चालन भएका विभिन्न कलकारखानाहरू बन्द भएको उनले उल्लेख गरे । उनी भन्छन्, 'यदि सरकाले ती कलकारखानाहरू सञ्चालनमा ल्याएर युवाहरूलाई रोजगारी दिएको भए युवाहरू विदेश पलायन हुने बाध्यता हुँदैनथ्यो ।'
उनका अनुसार युवासँग भविष्य सुनिश्चित गर्नका लागि राजनीति पार्टीमा आबद्ध हुने, मजदुर बनेर खाडीमा परिश्रम गर्ने वा पैसा खर्च गरेर अमेरिका, युरोप जस्ता विकसित देशमा गएर अध्ययन गरेर उतै बस्ने बाहेक विकल्प छैन ।
नेपालमा सरकारी जागिरको पनि अवसर छ तर यहाँ दरबन्दी थोरै र प्रतिस्पर्धी धेरै भएकाले युवाहरूसँग स्वदेशमै बसेर काम गर्ने विकल्प कम भएको उनी बताउँछन् । उनका अनुसार युवासँग भविष्य सुनिश्चित गर्नका लागि राजनीति पार्टीमा आबद्ध हुने, मजदुर बनेर खाडीमा परिश्रम गर्ने वा पैसा खर्च गरेर अमेरिका, युरोप जस्ता विकसित देशमा गएर अध्ययन गरेर उतै बस्ने बाहेक विकल्प छैन ।
निजामती क्षेत्रमा आउन चाहनेलाई सुझाव
श्रेष्ठका अनुसार यस क्षेत्रमा आउन चाहनेले सेवा सुविधा मात्र हेर्नु उचित हुँदैन । जनतालाई प्रभावकारी सेवा प्रदान गर्छु भन्ने उद्देश्य नभएकालाई यस क्षेत्रमा नआउन उनी सुझाव दिन्छन् ।
'अहिलेको समयमा सरकारले दिएको तलब, सेवा/सुविधाको भरमा परिवार चल्दैन । त्यसका लागि परिवारका अन्य सदस्यले पनि अन्य क्षेत्रमा काम गर्नुपर्छ ।'
श्रेष्ठले निजामती क्षेत्रमा आउन चाहनेलाई सरकारी जागिरमा बसेर घर/जग्गा जोड्ने, धन/सम्पत्ति कमाउने मानसिकता नराखी सच्चा दिलले जागिरमा प्रवेश गर्न सुझाव दिए ।
प्रभावकारी सेवा प्रदान गर्छु भन्ने नियतले आएका मान्छेलाई सरकारी तलबले गाडी तथा घर किन्न नपुगे पनि साधारण जीविका चलाउनमा समस्या नआउने उनी बताउँछन् । उनी भन्छन्, 'अहिलेको समयमा सरकारले दिएको तलब, सेवा/सुविधाको भरमा परिवार चल्दैन । त्यसका लागि परिवारका अन्य सदस्यले पनि अन्य क्षेत्रमा काम गर्नुपर्छ ।'
यस क्षेत्रमा आउनका लागि समाजका बारेमा ज्ञान राख्न आवश्यक रहेको उनले बताए । लोकसेवा परीक्षा एकै पटकमा उत्तीर्ण गर्न सकिन्छ भन्ने निश्चित हुँदैन । यसका लागि निरन्तर मेहनत, धैर्यता र प्रतिबद्धताको आवश्यक रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘लोक सेवामा एक/दुई पटक फेल भएपनि हार मान्नु हुँदैन । आफूमा विश्वास राखेर कडा परिश्रम गर्यो भने अवश्य फल प्राप्त हुन्छ ।’
निजामती सेवाको सुधारमा सुझाव
सर्वप्रथम कर्मचारीहरूको कार्यलाई सुधार गर्नुअघि वातावरणलाई पनि कर्मचारीमैत्री बनाउनु पर्ने श्रेष्ठले बताए ।कर्मचारीहरूले समयमै सर्वसाधारणको समस्याको हल निकाल्नुपर्ने हुन्छ ।
समयमा जनताको आवश्यकता पुरा गर्न सके जनता पनि सन्तुष्ट हुने र जनताको नजरमा कर्मचारी पनि राम्रो हुने उनले बताए ।
उनी भन्छन्, 'राष्ट्रिय परिचयपत्र समयमै वितरण गर्न सकेको भए विदेश जाने नेपालीहरू लिएर जान्थे होला तर अहिलेको समयमा दुई हजार वटा परिचयपत्र वितरण गर्यो भने पनि मुस्किलले २५० जना लिनका लागि आउँछन् ।'
समयमा जनताको आवश्यकता पुरा गर्न सके जनता पनि सन्तुष्ट हुने र जनताको नजरमा कर्मचारी पनि राम्रो हुने उनले बताए ।