काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीनमहिने अभियानमा पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताका पक्षमा गरेका कामबारे जनतालाई बुझाउने बताएकीछिन् ।
ललितपुर उपमाहानगरपालिको वडा नं २२ बुङ्मतीमा आयोजित माओवादी केन्द्रको ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ र ‘जनजनमा माओवादी घर(घरमा माओवादी’ उद्घाटन कार्यक्रममा उपाध्यक्ष पम्फा भुसालले यस्तो बताएकी हुन् ।
अरु समय भोट माग्न र भोट प्राप्त गरेपछि धन्यवाद दिन आएको र अबको तीनमहिने रुपान्तरण अभियानमा जनताको गुनासो र सुझाव सङ्कलन गर्न जनताको घर(घरमा माओवादी पुग्ने उन्ले बताइन् ।
उपाध्यक्ष भुसालले , ‘भदौ १६ गतेदेखि सुरु भएको अभियान मङ्सिर १५ गते सकिएपछि जनताबाट प्राप्त भएका सुझाव र आलोचनालाई समीक्षा गरेर विधान सम्मेलन गर्ने बताइन् । विधान सम्मेलनकोे तीन महिनापछि महाधिवेशनद्वारा नीति र विचारमा नयाँ विकास गरेर पार्टीलाई देशको सबैभन्दा अग्रगामी र सबैभन्दा क्रान्तिकारी शक्ति निर्माण गर्ने योजना रहेको उनले बताइन्।’
जनता र माओवादीको सम्बन्ध नङ र मासुको जस्तै भएको हुँदा माओवादी बलियो हुने र माओवादी बलियो हुँदा परिवर्तनका एजेन्डाको रक्षा हुने भएकाले जनतासँग माओवादीले रुपान्तरण अभियान सुरु गरेको उनले बताइन् । उनका अुसार जनताको नयाँ आलोचना र नयाँ सुझावले माओवादी केन्द्र नयाँ ढङ्गले अगाडि बढ्नेछ ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको माओवादी केन्द्रले सरसफाइ गरेर उद्घाटन गरेको छ । ललितपुर महानगरपालिका १८ मङ्गरगाउँ चोक र ललितपुर महानगरपालिका २२ बुङ्मती बसपार्कमा सरसफाइ गरी माओवादी केन्द्रले अभियान सुरु गरेको हो ।
त्यसैगरी वडा नं २ सानेपालगायत ललितपुरका अन्य वडामा पनि आज एकैसाथ सरसफाइसहित अभियानको सुरुआत भएकोे हो । जनताको घर घरमा माओवादीका नेता तथा कार्यकर्ता पुगेर जनताको समस्या, सुझाव र आलोचना सङ्कलन गर्ने कार्याक्रम रहेका छन् ।