काठमाडौं । २४ वर्षको उमेरमा ०७६ सालमा सरकारी वकिल भएर सेवामा प्रवेश गरेकी आश्मालाई लाग्छ महिलाका लागि सरकारी पेसा सुरक्षित छ । उनी अझ महिलाले सरकारी सेवाको पनि न्याय क्षेत्रमा आफूले सुरुमा जतिसुकै दुख गर्नुपरे पनि महिलाले ध्यान दिनुपर्ने बताउँछिन् ।
'काठमाडौं स्कुल अफ ल'बाट बिएलएल गरेकी उनले कलेजको क्लास सकिने बित्तिकै न्याय सेवाको वकिलको रुपमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । हुन त उनी सानैबाट वाक कला क्षेत्रमा पोख्त थिइन । यसले गर्दा पनि उनलाई सहज भने बनायो । भक्तपुर निवासी आश्माका बुबा आमा पनि शिक्षित भएकाले उनलाई शिक्षा दीक्षाका लागि कुनै समस्या भएन । बुवा पनि सरकारी सेवामा थिए । आमा पनि शिक्षिका थिइन् । उनलाई बुबा आमाले पनि पढ्नका लागि रोक लगाएनन् ।
'भगवानले तँ सोच म पुर्याउँछु भने झैँ' उनको जीवनमा पनि त्यस्तै भयो । सानैबाट सरकारी सेवाको वकिल नै बन्ने सपना बुनेकी उनलाई आफ्ना सपनाले पच्छाउँदै लग्यो र सरकारी सेवामा पुर्याएरै छाड्यो ।
'म संसार नै बदल्छु भनेर ओभर लोड सपना बोकेर आयो भने समस्या छ । सेवामा छिरेपछि फ्रस्टेट भएर छोडेर पनि जान नसक्ने र रहिरहन पनि नसक्ने जस्तो मास पनि देखेको छु । प्राइभेट लयरको इन्कम र हाम्रो इन्कममा आकाश जमिनको फरक हुन्छ । पढेपछि कुन क्षेत्रमा जाने सोचेर मात्र निर्णय गर्न उचित हुन्छ । सरकारी सेवामा आउनेले यसबारे जानकारी राखेर मात्र आउनुपर्छ ।'
काम गर्न कति सहज ?
आश्माको पहिलो नियुक्ति महान्यायाधिवक्ता कार्यालयमा भएको थियो । उनले त्यहाँ ३ वर्ष काम गरिन । हाल उनी उच्च सरकारी वकिल कार्यालय पाटनमा सहायक न्यायाधिवक्ताको रुपमा कार्यरत छिन् । यो सेवामा आएर आफूलाई अफिसको वातावरणले पनि कुनै असर नपारेको उनी बताउँछिन् । उनी भन्छिन्, 'सरकारी काममा अप्ठ्यारो भन्ने अहिलेसम्म भएको छैन । सबैको साथ पाएको छु । व्यवस्थापन गरेर अगाडि बढेकाले सहज भएको होला । म सुगम ठाउँमा भएकाले पनि । दुर्गम ठाउँमा त महिलालाई काम गर्न गाह्रो नै हुन्छ जस्तो लाग्छ । भनेको बेला बिदा पाइन । मैले चाहिँ त्यो भोग्न पाएको छैन । कोठाहरू पनि सुत्केरी हुँदा बस्न मिल्ने सहज बनाइदिनु भयो ।'
दुर्गममा जान पहल गरिरहेको छु
स्वभावैले कर्मचारी दुर्गम जान मान्दैनन् । तर उनी आफू दुर्गममा गएर सेवा गर्न मन भएको बताउँछिन् । उनी भन्छिन्, 'बच्चा सानो भएकाले म अस्ति नै जान पाइन । दुर्गम ठाउँमा जान पनि पहल गरिरहेकी छु । घरमा बच्चा हेरिदिने त हुनुहुन्छ तर, आमाको मन नमान्ने रहेछ ।' उनी आफू छिट्टै दुर्गम ठाउँमा गएर सेवा गर्ने र नयाँ सिकाइ र अनुभव बटुल्ने बताउँछिन् । भन्छिन्, 'दुर्गम अनुभव बटुल्न तथा आफ्नो क्षमताको विकाश गरी सेवा गर्नको लागि उपयुक्त थलो हो ।'
८० प्रतिशत महिला थिए भने २० प्रतिशत पुरुष थिए । उनी बाहिर पुरुषको वकिलको नाम चले पनि अबको ५ पाँच वर्षमा न्याय सेवामा पुरुष भन्दा महिलाको नाम अगाडि आउने बताउँछिन् ।
अबको पाँच वर्षमा न्याय सेवामा महिलाको नाम अगाडि आउँछ
पछिल्लो समय कानून विषय पढ्न महिलाको आकर्षण बढेको देखिन्छ । हरेक कलेजहरूमा कानुन पढ्ने पुरुषको तुलनामा महिला बढी भएको देख्न सकिन्छ । हुन त नेपालको जनगणनामा पनि महिलाको संख्या बढी छ । यसका कारण पनि हुन सक्छ । आश्मा पढेको काठमाडौं स्कुल अफ ल क्याम्पस पनि पुरुष भन्दा महिलाको संख्या बढी थियो । ८० प्रतिशत महिला थिए भने २० प्रतिशत पुरुष थिए । उनी बाहिर पुरुषको वकिलको नाम चले पनि अबको ५ पाँच वर्षमा न्याय सेवामा पुरुष भन्दा महिलाको नाम अगाडि आउने बताउँछिन् ।
उनी महिलाले कानुन संकाय पढ्नु समाज र परिवारलाई समेत सकारात्मक दिशामा अगाडि बढाउने प्रेरणा दिनु रहेको बताउँछिन् । उनी भन्छिन्, 'महिलालाई पुरुषहरूले अलिअलि त तल राख्न खोज्छन् तर त्यही कुरालाई मनमा लिनु हुँदैन म गर्छु र गरेर देखाउँछु भनेर संकल्प राख्नु पर्छ । बच्चा भएर कहिलेकाहीँ केही पछाडि बस्नुपर्ला तर सधैँभरि त्यो सोच राख्नु हुँदैन ।'
विवाह र बच्चाको कारणले काममा समस्या भएन
स्वभावैले विवाह पछि महिलाहरूलाई काम गर्ने अप्ठ्यारो गाह्रो हुने गर्छ भनेर हामीले बुझ्छौँ । तर उनी आफूलाई विवाह र बच्चा भएपछि पनि काम गर्ने राज्यले दिएको सेवा सुविधाले सहज बनाएको बताउँछिन् । उनी राज्यले दिएको बिदा र परिवारको साथले काम गर्न सहज भएको बताउँछिन् । उनी भन्छिन्, 'महिलाले श्रीमानले कमाइ हाल्छन् नि । यही रहेछ जिन्दगी बच्चा भइहाल्यो भनेर बसियो भने चाहिँ अगाडि बढ्न सकिन्न । तर पुरुष जतिकै मेहनत र उनीहरू जत्तिकै लगनशील भइयो भने अगाडि बढ्न गाह्रो छैन ।'
'बच्चा भएर पनि पढाइमा बाधा चाहिँ भएको छैन । तर आमाको मन छोडेर पढ्न बस्न मन नलाग्ने रहेछ । उसलाई पनि समय दिनुपर्छ नि भनेको जस्तो हुन्छ । त्यही ठाउँमा बुबालाई सहज हुन्छ तर आमालाई अलिक गाह्रो ।'
उनी अब उपसचिवको परीक्षाको तयारीमा छिन् । तर बच्चाले गर्दा उनलाई पनि केही समस्या भने भएको छ । उनी भन्छिन्, 'बच्चा भएर पनि पढाइमा बाधा चाहिँ भएको छैन । तर आमाको मन छोडेर पढ्न बस्न मन नलाग्ने रहेछ । उसलाई पनि समय दिनुपर्छ नि भनेको जस्तो हुन्छ । त्यही ठाउँमा बुबालाई सहज हुन्छ तर आमालाई अलिक गाह्रो ।'
महिलाहरूले बच्चा भएपछि काम गर्न सक्दैनन् भन्ने मानसिकता रहेको भन्दै समाजमा यस्ता किसिमका मानसिकता भएका मान्छे पाइने र उनीहरूलाई वास्ता गर्न नहुने बताउँछिन् ।
उनीले कोही कोही मानिसमा महिलालाई हेर्ने दृष्टिकोण फरक भएको पाए पनि आफूलाई धेरै जनाले चाहिँ सहयोग नै गरेको बताउँछन् ।
पैसा कमाउन सरकारी सेवामा आउने होइन
उनी सरकारी सेवामा पैसा कमाउँछु भनेर सोच बोकेर आयो भने गलत हुने तर्क गर्छिन् । उनी सरकारी सेवा पैसा कमाउने थलो नभएको बताउँछिन् । सरकारी सेवामा आएर अरूलाई हेरेर आफूलाई नजरअन्दाज गर्ने थाल्यो भने फ्रस्टेसनको अवस्था आउने खड्काको भनाइ छ ।
सरकारी सेवामा आएर धनी हुन्छ म के के न सुधार गर्छु भनेर आयो भने समस्या हुने भन्दै उनी भन्छिन्, 'म संसार नै बदल्छु भनेर ओभर लोड सपना बोकेर आयो भने समस्या छ । सेवामा छिरेपछि फ्रस्टेट भएर छोडेर पनि जान नसक्ने र रहिरहन पनि नसक्ने जस्तो मास पनि देखेको छु ।
प्राइभेट लयरको इन्कम र हाम्रो इन्कममा आकाश जमिनको फरक हुन्छ । पढेपछि कुन क्षेत्रमा जाने सोचेर मात्र निर्णय गर्न उचित हुन्छ । सरकारी सेवामा आउनेले यसबारे जानकारी राखेर मात्र आउनुपर्छ ।'
आश्मा कानूनकर्मीले आफूलाई मेहनत र लिंकमा पनि फोकस गर्नुपर्ने बताउँछिन् ।