जगदुल्ला गाउँपालिकाले गर्‍यो विद्यालय र स्वास्थ्य संस्थामा राउटर वितरण 

जगदुल्ला गाउँपालिकाले गर्‍यो विद्यालय र स्वास्थ्य संस्थामा राउटर वितरण 

काठमाडौं । हिमाली जिल्ला डाेल्पाको जगदुल्ला गाउँपालिकाले नि:शुल्क वाइफाइ राउटर वितरण गरेकाे छ । 

गाउँपालिकाले ८ वटा सामुदायिक विधालय र ३ वटा स्वास्थ्य संस्थामा अनलिमिटेड फाेर जी नमस्ते वाइफाइ राउटर वितरण गरेको हाे ।

दूरसञ्चार प्राधिकरण डाेल्पासँग समन्वय गरी राउटर वितरण गरिएकाे हाे । विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट भए पनि बेलाबेलामा समस्या आउँदा राउटर राखिएकाे हाे ।

विद्यालय र स्वास्थ्य संस्थालाई सूचना प्रविधिमैत्री बनाउन गाउँपालिकाले वाइफाइ राउटर वितरण गरेको जगदुल्ला गाउँपालिका डाेल्पाका अध्यक्ष नारसिंह राेकायाले जानकारी दिए ।

जगदुल्ला गाउँपालिका डाेल्पाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले अब राउटर जाेडिएसँगै काममा कुनै समस्या नहुने बताए।