काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ७० रहेको छ भने अधिकतम ८०, गोलभेडा सानो (लोकल) न्यूनतम ५०, अधिकतम ६०, आलु रातो न्यूनतम ५५, अधिकतम ६०, आलु रातो (भारतीय) न्यूनतम ३५ अधिकतम ३६, आलु रातो (मुडे) न्यूनतम ५०, अधिकतम ५२ र आलु सेतो अधिकतम ४८, न्यूनतम ५० रुपैयाँ कायम भएको छ ।
यसैगरी प्याज सुकेको अधिकतम ७२ देखि न्यूनतम ७५, काउली स्थानिय न्यूनतम १००, अधिकतम १२० रुपैयाँ र भन्टा लाम्चो न्यूनतम ६० अधिकतम ७० र भन्टा डल्लो न्यूनतम ७०, अधिकतम ८० रुपैयाँ प्रति केजी कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यस्तै बन्दा (लोकल) प्रति केजी न्यूनतम ७० रहेको छ भने अधिकतम ८० रुपैयाँमा कारोबार भैरहेको समितिले जनाएको छ ।
यसैगरी, केरा दर्जन न्यूनतम १५० अधिकतम १६०, स्याउ (फूजी) प्रति केजी न्यूनतम ३२० अधिकतम ३५० रुपैयाँ कायम भएको छ ।
हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ?