काठमाडौं । नेकपा एमालेनिकट प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको अध्यक्षमा वासुदेव नेपाल सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा शनिवार सम्पन्न प्रथम महाधिवेशनबाट नेपालको नेतृत्वमा कार्य समिति सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा सुष्मा आचार्य मैनाली, दीपक खनाल र बालकृष्ण विष्ट (गगन) चयन भएका छन् ।
यस्तै, महासचिवमा रविन केसी निर्विरोध चयन भएका हुन् ।
कमिटीको सचिवमा कृष्ण कँडेल, रामचन्द्र केसी र विश्व कल्याण अधिकारी चयन हुँदा कोषाध्यक्षमा राम थापा चयन भएका छन् ।
सदस्यहरूमा पवित्रा थापामगर, सुनिल खतिवडा, मेनुका ढुंगाना, बलराम आचार्य, छत्र बहादुर विष्ट, सूर्यमोहन आचार्य, नीराजन शिवाकोटी,यज्ञविलाश पौडेल,पुष्पराज पहराई र रविन तिमल्सिना निर्वाचित भएका छन् ।
एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अधिवेशनको उद्घाटन गरेका थिए ।