काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ५५ रहेको छ भने अधिकतम ६५, गोलभेडा सानो (लोकल) न्यूनतम ४०, अधिकतम ५०, आलु रातो न्यूनतम ५५, अधिकतम ५८, आलु रातो (भारतीय) न्यूनतम ३५ अधिकतम ३६, आलु रातो (मुडे) न्यूनतम ५०, अधिकतम ५३ र आलु सेतो अधिकतम ४८, न्यूनतम ५० रुपैयाँ कायम भएको छ ।
यसैगरी प्याज सुकेको अधिकतम ७० देखि न्यूनतम ७४, काउली स्थानिय न्यूनतम ८०, अधिकतम ९० रुपैयाँ र भन्टा लाम्चो न्यूनतम ५० अधिकतम ६० र भन्टा डल्लो न्यूनतम ६०, अधिकतम ७० रुपैयाँ प्रति केजी कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यस्तै बन्दा (लोकल) प्रति केजी न्यूनतम ८० रहेको छ भने अधिकतम ९० रुपैयाँमा कारोबार भैरहेको समितिले जनाएको छ । यसैगरी, केरा दर्जन न्यूनतम १४० अधिकतम १५०, स्याउ (फूजी) प्रति केजी न्यूनतम ३२० अधिकतम ३५० रुपैयाँ कायम भएको छ ।
हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ?