काठमाडौं । बिहीबार सेयर बजार राताम्मे बनेको छ । बजार मापन गर्ने सूचक २८.९२ अंकले घटेर परिसूचक ९१३२.४५ बिन्दुमा रोकिएको छ ।
२७६ कम्पनीको ३७ लाख ६९ हजार ३३ कित्ता सेयर १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँको सेयर किनबेच भएको हो ।
कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक १३.४९, विकास बैंक ४४.२५, वित्त १९.३०, होटल ९३.३९, जलविद्युत ५०.३९, जीवन बिमा १५०.५२, माइक्रोफाइनान्स ८९.०१, माइक्रोफाइनान्स ४९.५१, निर्जीबन बिमा १४१.६९ अन्य समूहको उपसूचक २९.४८ अंकले घटेको छ ।
कारोबारमा शुभम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै, थ्री स्टार हाईड्रोपावर, इङवा हाईडोपावरका लगानीकर्ताले कमाएका छन् भने बाराही हाईडोपावर, अप्पर सोलु हाईडो इलेक्टीक कम्पनी, न्यादी हाईडोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड १५ लाख ४१ हजार १७५ रुपैयाँको सेयर किनबेच भएको छ ।