काठमाडौं । धरानका मेयर हर्क सकम्पाङले विवादित बनिरहेको भारतीय चलचित्र आदिपुरूषलाई सुनसरीको धरानउपमहानगरपालिका भित्र प्रदर्शन नगर्न आग्रह गरे ।
‘धरानमा आदिपुरूषको प्रदर्शन नगर्नुहोला ’ भनेर सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर हर्क साम्पाङले लेखेका छन्।
जब सम्म आदि पुरूष चलचित्रमा सितालाई ‘भारतकी बेटी’ भन्ने शब्दलाई सचयाउँदैन तब सम्म काठमाडौँमहानगरपालिकामा कुनै पनि हिन्दी चलचित्र प्रदशन गर्न नदिने भनेर महानगरपालिकाको आदेश छ ।
यसैगरी पोखरा महानगरपाकिामा पनि हिन्दी चलचित्रको रोक लगाइएको छ ।
यसअघि काठमाडौं महानगरका मेयर बालेन साहले काठमाडौं महानगरभित्र प्रदर्शनमा रोक लगाएका थिए ।


























