काठमाडौं । सुदूरपश्चिम सरकारकोले निजामती सेवा दिवसमा १७ जना कर्मचारीलाई पुरस्कृत गरेको छ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले एक कार्यक्रमका बीच शुक्रबार १७ जना कर्मचारीलाई पुरस्कृत गरेका हुन् ।
पुरस्कृत हुने कर्मचारीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याव टेक्निसियन कृष्ण गौतम, कैलाली जिल्ला अदालतकी कार्यालय सहयोगी धौली केसी, स्वास्थ्य कार्यालय कैलालीका पब्लिक हेल्थ नर्स निरीक्षक आशा थापा, हेभी इक्युपमेन्ट डिभिजन कार्यालय गोदावरीका मेकानिक प्रेम सिँह लुहार, जिल्ला हुलाक कार्यालय कैलालीका हल्कारा देवलाल चौधरी, आन्तरिक राजश्व कार्यालय कैलालीका नासु वासुदेव जोशी रहेका छन् ।
त्यस्तै, पशु सेवा तालिम केन्द्र धनगढीका अधिकृत गोरखबहादुर खड्का, जिल्ला प्रशासन कार्यालय कैलालीका नासु टिकेन्द्र प्रसाद भट्ट, प्रदेश निर्वाचन कार्यालयका नासु खेमराज भट्ट, सामाजिक विकास कार्यालय बझाङका शाखा अधिकृत विरबहादुर धामी, कृषि ज्ञान केन्द्र दार्चुलाका अधिकृत चन्द्रबहादुर ठगुन्ना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका कम्प्युटर अधिकृत जयबहादुर मल्ल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीका कानुन अधिकृत लक्ष्मण प्रसाद जोशीलाई पनि पुरस्कृत गरिएको हो । आर्थिक मामिला मन्त्रालयका कम्प्युटर अधिकृत ललिता देउपाल, डिभिजन वन कार्यालय डडेल्धुराका फरेष्टर खगेन्द्र राज पाध्या र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कार्यालय सहयोगी योगेन्द्रबहादुर ऐरलाई सोही कार्यक्रममा पुरस्कृत गरिएको हो ।
उनीहरुलाई नगद, दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको हो ।