काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पाँच फर्मलाई कारवाही गरेको छ ।
नियमित अनुगमनका क्रममा बिल-बिजक जारी नगरेको भन्दै न्यू प्लाजाको खाद्यवस्तुलाई ५ हजार जरिवाना गरेको छ ।
आफ्नो कारोबारको बिल-बिजक जारी नगरेको भन्दै कारबाही गरेको विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए ।
त्यसैगरी, न्यू प्लाजाको खाद्यवस्तुलाई पनि आफ्नो कारोबारको बिल-बिजक जारी नगरेको भन्दै ५ हजार जरिवाना गरेको छ ।
घट्टेकुलोको मदिरा तथा सूर्तीजन्यलाई उजुरीको आधारमा आफ्नो कारोबारको बिल-बिजक जारी नगरेको भन्दै २० हजार जरिवाना गरेको छ ।
न्यूरोडको रेडिमेट तथा थान कपडालाई पनि नियमित अनुगमनका क्रममा बिल-बिजक जारी नगरेको भन्दै १० हजार जरिवाना गरेको छ।
सूर्यविनायक तरकारी तथा फलफूललाई आफ्नो कारोबारको बिल-बिजक जारी नगरेको भन्दै १० हजार जरिवाना गरेको छ ।
मूल्यसूची नराख्ने, इजाजतपत्रको कागजात पसलमा नराख्ने, इजाजतपत्र नवीकरण नगर्ने, कतिपयले इजाजतविनै पसल सञ्चालन गर्ने, मूल्यमा ठगी गर्ने, रि-लेबलिङ गर्नेलगायतका कैफियत भेटिने गरेको विभागले जनाएको छ ।