काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
उनको ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँ ४८ पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५१ फागुन ३० देखि २०७९ भदौ ३१ सम्म उनले जम्मा तीन करोड पचासी लाख एकाउन्न हजार सात सय चालीस रुपैयाँ अड्चालीस पैसा वैध तरिकाले आर्जन गरेको देखिन्छ ।
तर उनको कुल सम्पत्ति भने ७ करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ ६५ पैसा देखिएपछि भ्रष्टाचार भएको ठहर अख्तियारको छ ।
राजभण्डारीले पदको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती दीपा श्रेष्ठको नाममा समेत देखिएकाले हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन माग दावी लिइएको छ ।
राजभण्डारीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति जम्मा गरेको आयोगले जनाएकाे छ ।



























