समिति बने पनि सभापति नपाउँदा विकास निर्माणमा अवरोध पुग्यो: लीलानाथ

समिति बने पनि सभापति नपाउँदा विकास निर्माणमा अवरोध पुग्यो: लीलानाथ

काठमाडौं । सांसद लीलानाथ श्रेष्ठले संसदीय समिति बने पनि समितिले सभापति नपाएको भन्दै संसदमा विषय उठाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले समितिले नेतृत्व नपाउँदा नीति नियम बनाउने कार्यमा समस्या भएको जानकारी दिए ।

'हाम्रो मुख्य काम ऐन नियम बनाउनु हो । समिति बने पनि सभापति चयन भएन । जसले महत्त्वपूर्ण ऐन नियम राष्ट्रिय निजामती ऐन, संघीय प्रहरी ऐन तथा शिक्षा ऐन बन्न सकेको छैन,’ उनले भने, ‘यसले स्थानीय तह निमित्तको भरमा चल्नुपरेको छ । यसले बेरुजु बढेको छ । स्थानीय तहको विकास निर्माणमा अवरोध पुगेको छ।’

सांसद श्रेष्ठले समिति सभापति तत्काल चयन गर्न माग पनि गरे ।