काठमाडौं । सेयर बजारमा १०.२३ अंकको सुधार आएको छ । आइतबार बजार मापन गर्ने सूचक १०.२३ अंकले बढेर परिसूचक १९४२.६८ बिन्दुमा रोकिएको हो ।
१०.२३ अंकले बजारमा सुधार आउदा २६७ कम्पनीको ४३ लाख १४ हजार ४१७ कित्ता सेयर १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ८.०३, विकास बैंक २२.८७, वित्त १६.३७, होटल ६७.९०, जीवन बिमा ३७.५१, उत्पादन तथा प्रशोधन ८.७८, माइक्रोफाइनान्स २८.८६, निर्जीबन बीमा समूहको उपसूचक ८९ अंकले बढेको छ । कारोबारमा जलविद्युत समूहको उपसूचक २.८५ अंकले घटेको छ ।
कारोबारमा सुर्योदय ओमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै शुभम पावर, न्यादी हाईड्रोपावर, थ्री स्टार हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने हिमाल दोलखा हाईड्रोपावर, सिंगटी हाईड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, कुमारी इक्विटी फण्डका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमको आधारमा हिमाल दोलखा हाईड्रोपावर कम्पनी पहिलो स्थानमा रहेको छ ।