काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये केशव तुलाधरलाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ ।
यस्तै बाँकी रहेका १७ जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
कसलाई कति धरौटी माग ?
मीन बहादुर गुरुङ : २ करोड ४६ लाख
शिवजी भट्ट : ३ लाख ३० हजार
रुद्र कुमार श्रेष्ठ : ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ : ७ लाख ५० हजार
कलाधर देउजा : १५ लाख
घमन कुमार कार्की : ७ लाख ५० हजार
गोपाल कार्की : ७ लाख ५० हजार
विनोद पौडेल : १५ लाख
योगराज पौडेल : ७ लाख ५० हजार
नारायणराज मिश्र : ७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ : ७ लाख ५० हजार
ध्रुव प्रसाद अर्याल : ३ लाख ३० हजार
बाबुराजा महर्जन : १ लख १० हजार
देवनारायण महर्जन : १ लाख १० हजार
सकलानन्द महर्जन : १ लाख १० हजार
सञ्जय कुमार महर्जन : १ लाख १० हजार
लोकरि घिमिरे : ७ लाख ५० हजार