काठमाडौं । नेपालको हवाई सुरक्षा प्रणाली अभिवृद्धि गर्ने उद्देश्यले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणबीच समझदारी भएको छ ।
सोमबार फ्रान्सको राजधानी पेरिसमा दुई मुलुकका हवाई उड्डयनका नियामक निकायबीच प्राविधिक र जनशक्ति व्यवस्थापन विकासका लागि चार वर्षे सम्झौता भएको हो । उक्त समझदारी पत्रमा नेपालका तर्फबाट क्यानका महानिर्देशक प्रदीप अधिकारी र डेमिन केजले हस्ताक्षर गरेको क्यानले जनाएको छ ।
Director General of CAAN and Director General DGAC France signed a technical MOU today in Paris, France with objectives to enhance safety oversight system and technical human resource development in aviation sector of Nepal. pic.twitter.com/GrrKiio97A
— Civil Aviation Authority of Nepal (@hello_CAANepal) June 19, 2023
समझदारीअनुसार प्राविधिक क्षमता अभिवृद्धि र तालिमलगायत हवाई सुरक्षा गुणस्तर अभिवृद्धिबारे कार्यक्रम सञ्चालन गरिने छ । यसले नेपालको हवाई सुरक्षा अभिवृद्धि हुने क्यानको विश्वास छ । नेपालको हवाई क्षेत्रमा उड्डयन सुरक्षा प्रणाली सुधारका साथै प्राविधिक दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने सम्झौतामा उल्लेख छ ।






























