ओखलढुंगामा मुख्यमन्त्री कप सुरु, विजेताले पाउनेछन् दुई लाख

ओखलढुंगामा मुख्यमन्त्री कप सुरु, विजेताले पाउनेछन् दुई लाख

ओखलढुंगा । ओखलढुंगामा सोमबारदेखि मुख्यमन्त्री कप सुरु भएको छ । 

कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको सोमबार पहिलो दिन ओखलढुंगा र उदयपुर विजयी भएका छन् । घरेलु टिमले सोलुखुम्बुलाई ३–१ ले र उदयपुरले मोरङलाई १–० गोलले पराजित गरे । 

ओखलढुंगाका सन्जय गुरुङ र उदयपुरको सुनील खड्का म्यान अफ द म्याच घोषित भए । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भइरहेको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाले भाग लिएका छन् ।

मेयर कपको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको छ । त्यस्तै म्यान अफ द म्याचले ५ हजार प्राप्त गर्नेछन् भने फेयर प्ले टिमले नगद १० हजार प्राप्त गर्नेछ । 

प्रतियोगिताको स्थानीय संयोजन जिल्ला खेलकुद विकास समितिले गरेको छ ।