काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ४५ रहेको छ भने अधिकतम ५५, गोलभेडा सानो (लोकल) न्यूनतम ४५, अधिकतम ५५, आलु रातो न्यूनतम ५६, अधिकतम ५८, आलु रातो (भारतीय) न्यूनतम ३५ अधिकतम ३६, आलु रातो (मुडे) न्यूनतम ५०, अधिकतम ५२ र आलु सेतो अधिकतम ४६, न्यूनतम ४८ रुपैयाँ कायम भएको छ ।
यसैगरी प्याज सुकेको अधिकतम ६६ देखि न्यूनतम ७०, काउली स्थानिय न्यूनतम ९०, अधिकतम १०० रुपैयाँ र भन्टा लाम्चो न्यूनतम ५० अधिकतम ६० र भन्टा डल्लो न्यूनतम ६०, अधिकतम ७० रुपैयाँ प्रति केजी कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यस्तै बन्दा (लोकल) प्रति केजी न्यूनतम ६० रहेको छ भने अधिकतम ७० रुपैयाँमा कारोबार भैरहेको समितिले जनाएको छ ।
यसैगरी, केरा दर्जन न्यूनतम १४० अधिकतम १५०, स्याउ (फूजी) प्रति केजी न्यूनतम ३२० अधिकतम ३५० रुपैयाँ कायम भएको छ ।
हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ?