ब्रोकर लाइसेन्स प्रक्रिया खोल्ने अर्थ समितिको निर्णय

ब्रोकर लाइसेन्स प्रक्रिया खोल्ने अर्थ समितिको निर्णय

काठमाडौं । अर्थ समितिले रोक्का गरेको ब्रोकर लाइसेन्सको प्रक्रिया खोलेको छ । 

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया खोल्ने निर्णय गरेको हो ।

गत जेठ २९ गतेको बैठकले अनुमति प्रक्रिया रोक्का गरेको थियो । समितिले ब्रोकर अनुमति प्रक्रियाबारे परेको उजुरीको आधारमा धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको थियो ।