काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ६० रहेको छ भने अधिकतम ७०, गोलभेडा सानो (लोकल) न्यूनतम ५५, अधिकतम ६५, आलु रातो न्यूनतम ५६, अधिकतम ५८, आलु रातो (भारतीय) न्यूनतम ३५ अधिकतम ३६, आलु रातो (मुडे) न्यूनतम ५०, अधिकतम ५२ र आलु सेतो अधिकतम ४६, न्यूनतम ४८ रुपैयाँ कायम भएको छ ।
यसैगरी प्याज सुकेको न्यूनतम ६५ देखि अधिकतम ६८, काउली स्थानिय न्यूनतम ९०, अधिकतम १०० रुपैयाँ र भन्टा लाम्चो न्यूनतम ४० अधिकतम ५० र भन्टा डल्लो न्यूनतम ६०, अधिकतम ७०, बन्दा (लोकल) न्यूनतम ६०, अधिकतम ७० रुपैयाँ प्रति केजीमा कारोबार भैरहेको समितिले जनाएको छ ।
यसैगरी, केरा दर्जन न्यूनतम १४० अधिकतम १५०, स्याउ (फूजी) प्रति केजी न्यूनतम ३२० अधिकतम ३५० रुपैयाँ कायम भएको छ ।
हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ?