काठमाडौं । १७ जना शाखा अधिकृतको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।
अधिकांश अधिकृतहरूको स्थानीय पालिकाहरूमा सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
को कहाँ सरुवा भए ?
संखुवासभाको चिचिला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत पदमा कार्यरत शुकादेवी राईलाई जिल्लाकै जिल्ला समन्वय समितिको शाखा अधिकृत पदमा सरुवा गरेको छ ।
यस्तै, ताप्लेजुङका पाथिभरा याङवरक गाउँपालिकाका अधिकृत जनार्दन निरौलालाई झापाको बाह्रदशी गाउँपालिकामा, कल्याणपुर नगरपालिका, सिरहाका अधिकृत विष्णु रञ्जन बराललाई कल्याणपुर नगरपालिकामा, कैलालीका जानकी गाउँपालिकाका अधिकृत नारायण बहादुर बिष्टलाई टिकापुर नगरपालिकामा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत बेदहरि अधिकारीलाई मुस्ताङको घरपझोङ गाउँपालिकामा पठाइएको छ ।
यस्तै, सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अधिकृत नारायण बहादुर बिष्टलाई सिन्धुलीको गोलन्जोर गाउँपालिकामा, सिन्धुलीको फिक्कल गाउँपालिकाका अधिकृत राजेन्द्र कार्कीलाई मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा, गृह मन्त्रालयका शाखा अधिकृत भरत सापकोटालाई काभ्रेपलाञ्चोकको जिल्ला समन्वय समितिमा, कंचनपुरको बेलडाडी गाउँपालिकाका अधिकृत पदमराज जोशीलाई जिल्लाकै जिल्ला समन्वय समितिमा, कञ्चनपुरको जिल्ला समन्वय समितिका शाखा अधिकृत कृष्णानन्द जोशीलाई बेलडाडी गाउँपालिकामा पठाइएको छ ।
यस्तै, उदयपुरको उदयपुरगढी गाउँपालिकाका रमेश राईलाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका चित्र प्रसाद गुरागाई उदयपुरको उदयपुरगढी गाउँपालिकामा, अर्घाखाचीको छत्रदेव गाउँपालिकाका भेषराज पन्थलाई रुपन्देहीको मायाँदेवी गाउँपालिकामा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका भेषराज घिमिरेलाई अर्घाखाचीको छत्रदेव गाउँपालिकामा पठाइएको छ ।
त्यसैगरी, सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका लबुन राईलाई जिल्लाकै जिल्ला समन्वय समितिमा, मकवानपुरको मनहरी गाउँपालिकाका मोहन कुमार श्रेष्ठलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का रमेश सुवेदीलाई मकवानपुरको मनहरी गाउँपालिकामा सरुवा भएकाे छ ।