काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ६० रहेको छ भने अधिकतम ७०, गोलभेडा सानो (लोकल) न्यूनतम ४५, अधिकतम ५५, आलु रातो न्यूनतम ५६, अधिकतम ५८, आलु रातो (भारतीय) न्यूनतम ३५ अधिकतम ३६, आलु रातो (मुडे) न्यूनतम ५०, अधिकतम ५२ र आलु सेतो अधिकतम ४८, न्यूनतम ५० रुपैयाँ कायम भएको छ ।
यसैगरी प्याज सुकेको न्यूनतम ६५ देखि अधिकतम ६८, काउली स्थानिय न्यूनतम ९० अधिकतम १०० रुपैयाँ र भन्टा लाम्चो न्यूनतम ३० अधिकतम ४० र भन्टा डल्लो न्यूनतम ५०, अधिकतम ६०, बन्दा (लोकल) न्यूनतम ६०, अधिकतम ७० रुपैयाँ प्रति केजीमा कारोबार भैरहेको समितिले जनाएको छ ।
यसैगरी, केरा दर्जन न्यूनतम १५० अधिकतम १६०, स्याउ (फूजी) प्रति केजी न्यूनतम ३२० अधिकतम ३५० रुपैयाँ कायम भएको छ ।
हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ?