काठमाडौं । रिक्त पद पूर्ती गर्न नेपाल राष्ट्र बैंकले करारका कर्मचारीको माग गरेको छ । सुरक्षा तथा टक्सार माहाशाखाका लागि प्राविधिक तर्फका कर्मचारी केन्द्रीय बैंकले माग गरेको हो ।
बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टोग्राफ मेसिन अपरेटर, हेभी इक्विपमेन्ट अपरेटर, महिला सिपाही र पिपा पदका लागि ३० जना कर्मचारी मागेको छ ।
असोज १५ गतेसम्म रिक्त पदका लागि योग्य उम्मेदवारले दरखास्त दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार ४५ वर्ष उमेर ननाघेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले छनौटका लागि लिखित, प्रयोगात्मक र अन्तरवार्ता परीक्षा लिने जनाएको छ ।
बैंकले आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तरवार्ता दुवै वा अन्तरवार्ता मात्रै हुने उल्लेख गरेको छ ।
मेकानिकल इन्जिनियरका लागि १ हजार र अन्यको ८०० रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ । करार अवधि ६ महिनाको हुने जनाइएको छ ।
यो पनि पढ्नुहोस् : गैरीगाउँ हत्या प्रकरण सामान्य निहुँमा भएको प्रहरीको निष्कर्ष
विद्युत प्राधिकरणका १०४ जना कर्मचारीको सरुवा को–कहाँ पुगे ? (नामावलीसहित)
असोजका लागि वाणिज्य बैंकले घटाए ब्याजदर