काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा १७ अधिकृतहरूको सरुवा गरिएको छ । सरुवा हुने अधिकृतहरूमा कोहि ५२ महिनामा कोहि ४ महिनामा त कोहि निवेदनका आधारमा सरुवा भएका हुन् ।
मन्त्रालयका अनुसार तीन जना अधिकृत निवेदनका आधारमा र जनालाई रिक्त रहेको स्थानमा खटाइएको छ ।
यस्तो छ सरुवा विवरण :
जानकी गाउँपालिका कैलालीबाट ५२ महिनामा नारायणबहादुर विष्ट टिकापुर नगरपालिका कैलालीमा सरुवा भएका छन् । साथै जनार्दन निरौलालाई १७ महिनामा पाथिभरा गाउँपालिकाबाट बाह्रदशी गाउँपालिकामा खटाइएको छ ।
शुक्रादेवी राईले संखुवासभाको चिचिला गाउँपालिकामा ३८ महिना कार्यभार सम्हालेर जिल्लाकै जिल्ला समन्वय समितिको शाखा अधिकृत पद सम्हाल्ने छन् ।
विष्णु रञ्जन बराल कल्याणपुर नगरपालिका, सिरहामा १३ महिना काम गरी मिर्चैया नगरपालिका,सिरहा सरुवा भएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिकामा खटाइएका बेदहरि अधिकारी यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत थिए ।
त्यसैगरी, सिन्धुलीको फिक्कल गाउँपालिका अधिकृत राजेन्द्र कार्की ५ महिनामै मकवानपुरको मकवानपुरगढी गाउँपालिका,कंचनपुरको बेलडाँडी गाउँपालिका अधिकृत पदमराज जोशी सोहि जिल्लाको जिल्ला समन्वय समिति, सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अधिकृत नारायण बहादुर बिष्ट सिन्धुलीको गोलन्जोर गाउँपालिका, गृह मन्त्रालयका शाखा अधिकृत भरत सापकोटा काभ्रेपलाञ्चोकको जिल्ला समन्वय समितिमा सरुवा भएका छन् भने कञ्चनपुरको जिल्ला समन्वय समितिका शाखा अधिकृत कृष्णानन्द जोशी ४ महिनामा बेलडाँडी गाउँपालिका सरुवा भएका छन् ।
उदयपुरगढी गाउँपालिकामा रहेका रमेश राई गृहमा पुगेका छन् भने निवेदनका आधारमा चित्रप्रसाद गुरागाई भूमि व्यवस्था मन्त्रालयबाट उदयरपुरगढी गाउँपालिकामा सरुवा भएका छन् ।
स्वास्थ्य मन्त्रालयमा रहेका भेषराज घिमिरे छत्रदेवी गाउँपालिका, लबुन राई जिसस सोलुखुम्बु, भेषराज पन्थ मायादेवी गाउँपालिकामा, रमेश सुवेदी मनहरी गाउँपालिका र मोहनकुमार श्रेष्ठ सुनकोशी गाउँपालिकामा सरुवा भएका छन् ।