काठमाडौं । मीड सोलु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट पछ्यात भदौ २९ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरिएको हो।
लगानीकर्ताले आज २ गतेसम्म कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँको दरले ७ लाख ४८ हजार ४०० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको थियो ।
जसमध्ये पनि ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने १ लाख ८७ हजार १०० कित्ता सेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरेको थियो।
तेस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७४ हजार ८४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि पनि पहिलो चरणमा मै आईपीओ बाँडफाँट गरिसकिएको छ।
त्यसपछि कम्पनीले दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता सेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।