काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदको बुधबार खेलिएको मंगोलियाविरुद्धको खेलपछि नेपालको नाममा किर्तिमानै किर्तिमान जोडिएको छ । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि चीनको हान्झाउमा जारी १९औं एसियाडमा नेपालले क्रिकेटमा कीर्तिमानी जितसहित सुखद सुरुआत गरेको हो ।
समूह ‘ए’अन्तर्गत भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेपालले दिएको ३१५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । यो खेलमा नेपाललै थुप्रै विश्व किर्तिमानी आफ्नो नाममा पार्न सफल भएको छ ।
यस्ता छन् नेपालका विश्व किर्तिमान–
नेपाली पुरुष क्रिकेट टोलीले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पाली (इनिङ्स) मा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि आफ्नो नाममा पारेको छ ।
मंगोलियाविरुद्धको उक्त खेलमा नेपाली ब्याट्सम्यानहरुले कुल २६ वटा छक्का हिर्काएका थिए । कुशल मल्लले सर्वाधिक १२ वटा छक्का हिर्काएका थिए । दीपेन्द्रसिंह ऐरीले पनि आठवटा छक्का प्रहार गरेका थिए । यसका अतिरिक्त कप्तान रोहित पौडेलले पनि ६ वटा छक्का हिर्काएका थिए । यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालीमा सर्वाधिक छक्का हिर्काउने राष्ट्रको कीर्तिमान अफगानिस्तानको नाममा थियो ।
यसैगरी मंगोलियाविरुद्धको खेलपछि नेपाल छक्का र चौकाको मद्दतले एकै पालीमा सर्वाधिक रन जोड्ने राष्ट्र पनि बनेको छ । मंगोलियाविरुद्धको खेलमा नेपाली टोलीले छक्का र चौकाबाट मात्र दुई सय १२ रन जोडेको हो । यसका क्रममा नेपालले २६ छक्काका अतिरिक्त १४ वटा चौका पनि हिर्कायो ।
यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा छक्का र चौकाको मद्दतले एकै पालीमा सर्वाधिक रन बनाउने राष्ट्रको कीर्तिमान भारतको नाममा थियो । नेपालले भारतको नाममा रहेको त्यही कीर्तिमान ताडेर आफ्नो नाममा नयाँ कीर्तिमान बनाएको हो ।
नेपालले उक्त खेलमा टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै विश्व कीर्तिमानी जित हासिल गरेको थियो । नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको थियो । यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो ।
यसका अतिरिक्त मंगोलियाविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक पुरा गर्ने खेलाडीको कीर्तिमान पनि बनाए । ऐरीले केवल नौ बलमा अर्धशतक पुरा गरेका थिए । उनले अविजित ५२ रन बनाएका थिए ।
दीपेन्द्रले १० बलको सामना गरी आठ छक्का पनि प्रहार गरेका थिए । यसअघि, भारतका ब्याट्सम्यान युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए । ऐरीले युवराज सिंहको त्यही कीर्तिमान तोडेका हुन् ।
यसका अतिरिक्त दीपेन्द्र सिंह टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालीमा सर्वाधिक स्ट्राइक रेटसहित रन बनाउने खेलाडी पनि बनेका छन् । मंगोलियाविरुद्ध केवल १० बलमा अविजित ५२ रन बनाउँदा दीपेन्द्रको स्ट्राइक रेट ५२० रहेको थियो । यसअघि उक्त कीर्तिमान वेस्ट इन्डिजका ब्याट्सम्यान ड्वेन स्मिथको नाममा रहेको थियो ।
यसरी नेपालले एकैपाली इनिङसमा छक्का र चौकाबाट सर्वाधिक रन जोड्ने टोलीको विश्व किर्तिमान कायम गरेको छ । त्यस्तै नेपालले एकै इनिङसमा सर्वाधिक छक्का प्रहार गर्ने टोली बनेको छ । रनका आधारमा सर्वाधिक फराकिलो अन्तरले जितेर नेपालले विश्व किर्तिमान आफ्नो नाममा पार्न सफल भएको छ ।
दीपेन्द्र शिं ऐरि सर्वाधिक कम बलमा अर्धसतक बनाउने खलाडी बनेर किर्तिमान कायम गरेका छन् । त्यस्तै कुशल मल्ल सर्वाधिक कम बलमा शतक बनाउने खेलाडी बनेर किर्तिमानी कब्जा गरेका छन् । त्यस्तै दीपेन्द्र शिं एैरिको ५ सय २० को स्टा«इकर रेट किर्तिमानी बनेको छ ।