काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना र केही स्वर्णिम योजना घोषणा गरेको छ ।
महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्रमा सम्पन्न हुने १० वटा योजनालाई महानगर गौरवका योजना भनिएको छ ।
गौरवका योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यवसायिक र व्यवस्थित शहरको निर्माण गर्दै काठमाडौं महानगरपालिकालाई पर्यटनमैत्री साँस्कृतिक सहर, समृद्ध महानगरको रुपमा स्थापित गर्ने मेयर शाहले बताएका छन् ।
त्यस्तै महानगरबासीको दैनन्दिनका समस्या समााधन गर्न, महानगरपालिकाको सेवा प्रभावकारी बनाउन र शहरी शासनको सवाललाई दिगो व्यवस्थापन गर्न आवश्यक योजनालाई स्वर्णिम योजना भनिएको छ ।
महानगरका वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनाका रुपमा कार्यान्वयन गर्ने मेयर शाहले बताएका छन् ।
सहरी योजना आयोग सम्बन्धीे कार्यनीति अन्र्तगत योजना तर्जुमा कार्यमा जनसहभागिता कायम गर्न वर्षभरी नै नागरिकले अनलाइन प्रणाली मार्फत योजना माग गर्न सक्ने गरी पोर्टल तथा एप विकास गरी प्रयोगमा ल्याउने जनाइएको छ ।
काठमाडौँ महानगरपालिकाको २० वर्षे रणनीतिक विकास योजना सहितको मिसन २१०० स्वर्णिम योजना तर्जुमा गरी संचालनमा ल्याउने महानगरले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका सवारी साधनहरु बैकल्पिक ईन्धनवाट सञ्चालन हुने गरी रुपान्तरण गर्न आवश्यक प्रवन्ध मिलाईने महानगर प्रमुख शाहले उल्लेख गरेका छन् ।
हेर्नूस् पूर्णपाठः