काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले विभिन्न कार्यालयका निर्देशक र प्रमुख नापी अधिकृतको सरुवा गरेको छ ।
मन्त्रालयले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका निर्देशक रमेश ज्ञवालीलाई नापी कार्यालय ललितपुर, नापी कार्यालय सप्तरीको प्रमुख नापी अधिकृत शत्रुध्न प्रसाद यादवलाई नापी कार्यालय दमक, नापी कार्यालय डिल्ली बजारका प्रमुख नापी अधिकृत शिव प्रसाद लम्साललाई नापी विभाग, नापी कार्यालय सुनसरीका प्रमुख नापी अधिकृत सञ्जीव कुमार साहलाई नापी विभागमा सरुवा गर्दै कामकाज गर्न भूमि आयोग, नापी कार्यालय विराटनगरका प्रमुख नापी अधिकृत सुदीप श्रेष्ठलाई भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, नापी कार्यालय महोत्तरीका प्रमुख नापी अधिकृत राकेश कुमार झालाई नापी कार्यालय राजविराज पठाइएको छ ।
नापी विभाग काठमाडौंका प्रमुख नापी अधिकृत सुरेश जोशीलाई नापी कार्यालय कोहलपुर, नापी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख नापी अधिकृत रामविनय कुमार सिंहलाई नापी कार्यालय महोत्तरी, नापी कार्यालय कावासोतीका प्रमुख नापी अधिकृत खिमलाल गौतमलाई नापी विभाग र नापी कार्यालय धनुषाका सुमन किशोर मिश्रलाई नापी कार्यालय राजविराज, नापी कार्यालय राजापुरका प्रमुख नापी अधिकृत किशनसिंह विष्टलाई नापी कार्यालय कञ्चनपुर, नापी कार्यालय भरतपुरका प्रमुख नापी अधिकृत गिरीश कुमार लाल कर्णलाई नापी कार्यालय विराटनगर र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका निर्देशक हरे राम यादलाई नापी कार्यालय इनरुवाको प्रमुख नापी अधिकृतमा सरुवा गरिएको छ ।
नापी विभागका प्रमुख नापी अधिकृत ज्ञानेन्द्र विष्टलाई नापी कार्यालय चाबहिलको प्रमुख नापी अधिकृतमा, नापी कार्यालय दाङका प्रमुख नापी अधिकृत केशवराज लेखकलाई कलंकी नापी कार्यालयको प्रमुख नापी अधिकृतमा, कलंकीका खिम रानालाई मकवानपुर नापी कार्यालयको प्रमुख नापी अधिकृतमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रमुख नापी अधिकृत नरबहादुर चन्दलाइृ कास्कीको प्रमुख नापी अधिकृत, नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीलाई नापी कार्यालय कावासोतीमा, नापी कार्यालय चाबहिलका प्रमुख नापी अधिकृत दयानन्द जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका रमेश ज्ञवालीलाई नापी कार्यालय ललितपुरको प्रमुख नापी अधिकृतमा, नेपालगञ्ज नापी कार्यालयका प्रमुख नापी अधिकृत सहदेव सुवेदीलाई डिल्लीबजार नापी कार्यालयको प्रमुख नापी अधिकृतमा, भक्तपुरका प्रमुख नापी अधिकृत रामकुमार सापकोटालाई भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा, नापी विभागका प्रदीप सापकोटालाई भक्तपुर नापी कार्यालयमा पठाइएको छ ।