काठमाडौं । मार्क्सवादी दर्शनका अध्येयता तथा चिन्तक रमेश सुनुवार यतिखेर मार्क्सवादीमाथि आफ्नो भनाइ राख्दै आएका छन् । साथै यो अभियानमा लागेको सुनवारले पत्रकार राजकुमार श्रेष्ठसँगको सह–सम्पादनमा ‘वैज्ञानिक समाजवादको रोडम्याप’ नामक पुस्तक पनि लेखेका छन् ।
थुप्रै अङ्ग्रेजी किताब अनुवाद गरेका सुनुवार समाजवादको विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजनालाई अगाडि सारिएको बताउँछन् उनी । अहिले समाजवादको विषयमा बोल्दै आएका सुनुवारको बाल्यकालको पढाई भने बिलकुल भिन्न थियो ।
अहिलेका अभिभावकले बालबालिकालाई ३ वर्ष नपुग्दै स्कुल भर्ना गरिदिन्छन् । तर ३० को दशकमा कम्तीमा ६ वर्ष पुगेपछि स्कुल भर्ना गरिदिने चलन थियो । रामेछाप कुम्भुकास्थलीका ५५ वर्षीय सुनवारले भने किशोर उमेर हुँदा पनि स्कुल भर्ना भएका थिएनन् ।
कक्षा ६ पछि कहिल्यै फेल भएनन् उनी । कक्षाभरिमा जेहनदार विद्यार्थीमा दरिन्थे उनी । पहिलो या दोस्रो हुन्थे उनी । ‘५ कक्षा पुग्दा पढ्ने तरिका बदले । सात वटा विषय थियो । साताको एक दिनमा एउटा किताब सक्थेँ । सातामा सातै वटा किताब पढ्थेँ । एउटा किताब वर्षमा ४८ पटक पढ्न पाइने भएपछि किताब कण्ठै भयो नि’, ती दिनताका पढेको स्मरण गरे ।
उनी घरमा अध्ययन गर्थे । किताब खोजी-खोजी पढ्थे । सानो हुँदा धार्मिक ग्रन्थहरू पाए जति पढ्ने कोसिस गर्थे । मठमन्दिरमा भेटिने किताब पढ्थे । बुवाले अक्षर चिनाइदिएपछि किताब पढ्न रुचि देखाउँदै गए पनि स्कुल जान खासै रुचि देखाउँदैनथे । यस्तो भएपछि उनका बुवा आमा चिन्ता मान्न थाले । आफ्ना बच्चालाई स्कुल पठाउने अभिभावकले जिस्काउन थाले । तेरो छोरोले पढ्ने भएन । समाजको कुरा सुनेर उनका बा आमाको पिर बढ्दै गयो । बा आमाको चिन्ताले गलेपछि रमेश १२ वर्षमा स्कुल भर्ना हुन पुगे ।
स्कुल भर्ना हुन जाँदा शिक्षकले यत्रो केटोलाई एक दुई कक्षामा कसरी पढाउने भनेर जिस्काए । तर उनले मुखै फोरेर भने, ‘कक्षा पाँचमा भर्ना हुन्छु ।’ कहिल्यै स्कुल नगएका मान्छेले एक्कासि कक्षा पाँचमा भर्ना हुने रहर देखाएपछि शिक्षक आश्चर्यमा परे । कक्षा पाँचको किताब पढ्न लगाए । उनले किताब पढे– खर्रर ।
‘घरमा पढेको भरमा कक्षा ५ भर्ना भएर मुस्किलले पास गरेँ ।’ उनले ती दिन सम्झिए, ‘स्कुल भर्ना भएपछि कक्षा ६ बाट आफ्नो पढाइलाई बदलिएँ ।’
कक्षा ६ पछि कहिल्यै फेल भएनन् उनी । कक्षाभरिमा जेहनदार विद्यार्थीमा दरिन्थे उनी । पहिलो या दोस्रो हुन्थे उनी । ‘५ कक्षा पुग्दा पढ्ने तरिका बदले । सात वटा विषय थियो । साताको एक दिनमा एउटा किताब सक्थेँ । सातामा सातै वटा किताब पढ्थेँ । एउटा किताब वर्षमा ४८ पटक पढ्न पाइने भएपछि किताब कण्ठै भयो नि’, ती दिनताका पढेको स्मरण गरे ।
त्यसपछि एसएलसी पास गरेर २०४५ सालमा कलेज पढ्न काठमाडौं आए सुनुवार । भृकुटीमण्डपस्थित नेपाल ल क्याम्पसमा भर्ना भएर दुई वर्ष पढे उनले । त्यसपछि त्रि-चन्द्र कलेजमा पनि अध्ययन गरे । कलेज पढ्दा ताका उनी फुर्सदको बेला या कहिलेकाहीँ पढाई भई रहेको बेलामा समेत कक्षा कोठा छोडेर पुस्तकालयमा पढ्न जान्थे ।
उनले जसरी घरलाई अभावमा पनि पुस्तक खोजेर पुस्तकालय बनाउने कोसिस गर्थे काठमाडौँको बसाइँमा पनि पुस्तकालय नै धाउन थाले । सुनुवारलाई पूर्वीय दर्शन र पश्चिमी दर्शनले खुबै तान्थ्यो । यी दर्शन बुझ्न उनले संस्कृत र अङ्ग्रेजी पढे ।
‘सकिन्छ भने दुई वटा भाषा अनिवार्य बुझ्ने कोसिस गर्नुपर्ने रहेछ,’ उनी भन्छन्, ‘एउटा संस्कृत र अर्को अङ्ग्रेजी । संस्कृत भाषाले इतिहास र सभ्यताबारे बुझाउँछ । आधुनिक ज्ञानका लागि अङ्ग्रेजी पढ्न जरुरी छ ।’
संस्कृत पढ्न उनी वाल्मीकि कलेजमा भर्ना भए पनि उनको ज्ञानको भोक मेटिएन । स्वअध्ययनका लागि ब्रिटिस काउन्सिल, भारतीय पुस्तकालय, रसियन कल्चर सेन्टर, त्रिवि केन्द्रीय पुस्तकालय, राष्ट्रिय पुस्तकालयमा धाउने गर्थे । बिहान खाना खाएर कोठाबाट निस्किएपछि उनी पुस्तकालय पुग्थे र पुस्तकालय बन्द नहुन्जेल पढ्थे ।
पूर्वीय दर्शनशास्त्रबाट आध्यात्मिक र पश्चिम दर्शनशास्त्रमा भौतिक विज्ञान सम्बन्धी अध्ययन गर्थे उनी । पूर्वी दर्शन भगवत् गीता, महाभारत, वेद, पुराण जस्ता धार्मिक ग्रन्थबाट अध्ययन गर्न सुरु गरेको बताउँछन् । त्यसपश्चात् पश्चिम दर्शनबाट भौतिक दर्शन, काल मार्क्स र विज्ञानको अध्ययन गर्न सुरु गरेको बताउँछन् ।
‘पुस्तकालय भनेको ज्ञान विज्ञान, सबै विषयको सङ्कलनको रूपमा हामीले बुझ्ने हो । पुस्तकालय भने पछि उनको मनमा ज्ञानहरूको भण्डार र शान्तिसँग अध्ययन गर्ने ठाउँ हो’, उनले भने ।
जब किताब किन्न रहर हुन्थ्यो पैसा हुन्थेन । अनि पुस्तकालय जान्थे । कलेज आउँदा रत्नपार्कको फुटपाथमा किताब फिँजाएर बेच्न राखिएको हुन्थ्यो । उनी ती किताब हेर्थे । एक दिन उनले पूर्वीय दर्शनको एउटा किताब देखेर खुसी भए । तर किताब किन्ने पैसा नहुँदा दुःखी भएको सुनाउँछन्, ‘डेढ सयको किताब किन्न नपाउँदा निकै पिरोलिएँ । हरेक दिन फुटपाथको किताब पसल पुग्दा टोलिन्थेँ म । र किताब छोएर खाली हात कलेज पुग्थेँ । ‘त्यो किताब कसैले किनेर लैजालान् कि भन्ने खुब डर लाग्थ्यो ।’
मन परेको किताब किन्न नपाउँदा उनी छटपटिन्थे उनी । पैसा अभावमा उनले कयौँ किताब किन्न पाएनन् । तैपनि जीवनमा २० लाख जतिको किताब किनेको बताउँछन् उनी । उनले सेकेन्डह्यान्ड किताब कहिल्यै किनेनन् । न कसैबाट किताब उपहार पाए न मागेर नै किताब पढे
पुस्तकालय विषय वस्तुअनुसार फरक हुन्थ्यो र भनेको जस्तो विदेशी किताब र सामाग्रीको आवश्यक हुँदा कीर्तिपुरको सेन्ट्रल लाइब्रेरी र जमलमा हुँदा ब्रिटिस काउन्सिल लाइबे्ररिमा गएर अनुसन्धान तथा अध्ययन गर्ने गरेको बताउँछन् ।
पूर्वीय दर्शन बुझ्नका लागि पहिलो किताब गीता हो भन्छन् सुनुवार । ‘गीताचाहिँ पूर्वीय दर्शनको मूल ग्रन्थ हो किनकि गीताले पूर्वीय दर्शनको समष्टिगत रूपमा हेर्छ ।’ तर, पश्चिमा दर्शन खण्ड-खण्डमा पढ्नुपर्ने हुन्छ । एउटा सूत्र हेगलको ‘द्वन्द्ववाद’ मा पाइन्छ । हेगलको द्वन्द्ववादमा समग्रमा बताएझैँ पूर्वीय दर्शनलाई समग्रमा बताउन सक्नेचाहिँ गीता मान्छन् सुनुवार ।
संस्कृतमा आचार्य गरेर अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका सुनुवारले २०६५ सालमा मार्क्सवाद अध्ययन अनुसन्धान प्रतिस्थान संस्थाको बागबजारमा स्थापना गरे, जुन अहिले पुरानो बानेश्वर सारेको छ । अहिले पनि मार्क्सवाद अध्ययन अनुसन्धान प्रतिष्ठान कार्यालयमा उनी किताबहरूसँगै भुलिरहेका हुन्छन् । मार्क्सवाद अध्ययन गर्न दैनिक दर्जनौँ मानिस पुग्छन् । सुनुवार आफूले मात्र पढेनन् अरू थुप्रैलाई पढाएका छन् । पूर्व मन्त्री देवी खड्का, सभासद् अञ्जना विशङखेलगायत शिष्य हुन् उनका, जसले सुनुवारबाट समाजवाद पढेका छन् । सुनुवार भन्छन्, ‘अबको बाटो समाजवादी क्रान्ति हो । त्यसैले नयाँ पुस्ताले पढ्न अत्यन्तै जरुरी छ ।’
‘सोसल मुभमेन्ट बुझ्न सोसोलिज्म पढेँ । सुरुवाती दिनमा भौतिकवादलाई ठुलो उचाइमा राखेको थिइनँ,’ उनी भन्छन्, ‘मार्क्सवाद र विज्ञान पढ्न थालेपछि अध्यात्मवादबाट भौतिकवादतिर प्रवेश गरेँ ।’ उनी भन्छन्, ‘म चाहिँ कम्युनिस्ट हु र कम्युनिजममा धर्म भन्ने चिज नहुँदा आफूले आफूलाई नास्तिक ठान्दछु ।’
‘वैज्ञानिक समाजवाद र मार्क्सको वैज्ञानिक समाजवादमा भिन्नताका साथै आफूले बनाएको वैज्ञानिक समाजवाद अझ असरदार हुने दाबी गर्छन् उनी । यो अवधारणा निर्माण अध्ययनका कारण सम्भव भएको बताउँछन् । उनी भन्छन्, ‘सन १९९१ मा सोभियत सङ्घको विघटन भएपछि विश्व कम्युनिस्ट आन्दोलनमा सङ्कट आएको थियो । त्यसपछि विश्वभरि त्यसको समाधान खोज्ने प्रयत्नहरू भए । नेपालमा पनि त्यस्ता प्रयत्नहरू धेरै भएका थिए । ती प्रयत्नहरूमध्ये एउटा थियो । ‘मार्क्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठान’ को स्थापना । यो प्रतिष्ठान अन्तर्गत चार विषयहरूमा व्यापक अध्ययन–अनुसन्धान गरिएको थियो ।’
आधिम समाजवादी व्यवस्थादेखि सुरु भएर आजसम्म पुन व्यवस्था, पुँजीवाद, समाजवाद, मार्क्सवाद मानेका तथा अन्य दर्शनको धाराले पनि वैज्ञानिक समाजवादतिर लाग्ने भविष्यवाणी सुनाउँछन् उनी । भन्छन्, ‘अहिलेको समयकालीनमा पनि वैज्ञानिक समाजवादीलाई नेपालको धेरैजसो पार्टी तथा नेताहरूले समर्थन गर्छन् ।’
हेनरी डेभिड थोरोको भनाइ सापटी लिएर उनी भन्छन्, ‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किनौँ भनेझैँ किताब किन्नमै कोसिसरत भइन्थ्यो । कपडा किन्न थाल्यो कि किताब किनौंकिनौं हुन्थ्यो । सर्ट किने पाइन्ट नकिन्ने पाइन्ट किने सर्ट नकिन्ने गर्न थालेँ किताब किन्नका लागि ।’
सुनुवार पुरानो सर्टमा नयाँ पाइन्ट लगाउँथे । नयाँ पाइन्टमा पुरानो सर्ट लगाउँथे । बचेको पैसाले किताब किन्थे । उनी भन्छन्, ‘किताब किन्दा र पढ्दाको खुसी अमूल्य हुन्छ ।’
परिवारको कान्छो छोरोका रूपमा जन्मिएका रमेश अविवाहित हुन् । वंश बढाउनु पर्ने परिवारबाट दबाब पनि नभएको होइन उनलाई तर सहरको डेरामा एक्लै रमाइरहेका छन् उनी । पहिलेबाटै पारिवारिक जीवनमा नलाग्ने भनेर सचेत रमेश विवाह जस्तो संस्था, परम्परालाई नमान्ने धारणा राख्छन् । उनी भन्छन्, ‘विवाह गरेको भए यसरी अध्ययन, अनुसन्धान गर्न मौका पाउँदिन थिएँ ।’ मार्क्सवादको अध्ययनमा लागेपछि अध्यात्मबाट भौतिकवादमा लागे । भन्छन्, ‘भौतिकवादी हुन पुगेको मार्क्सवाद र विज्ञान पढेर हो ।’
भौतिकवाद हुनुको जस विज्ञानलाई दिन्छन् उनी र वैचारिक विचारधारा बुझ्न दर्शन पढ्नुपर्ने बताउँछन् । अहिले उनी समाजवादको बाटो हिँडेका छन् उनी ।
ती विषयहरू थिए– दर्शन, विज्ञान, इतिहास र मार्क्सवाद । ती अध्ययन–अनुसन्धान गरिएका विषयहरूमा लामो समयसम्म कक्षाहरू पनि सञ्चालन गरिएको थियो । ती अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्य र निष्कर्षहरू तथा कक्षाहरूमा सहभागीहरूले तयार पारेको नोटहरूको आधारमा यो पुस्तक तयार गरिएको हो । उनले भने, ‘समाजवादको यात्रामा विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजना प्रस्ट ढङ्गले अगाडि सारिएको छ । त्यस कारण अहिलेको समाजवाद निर्माणको लागि समाजवादी आन्दोलनको मेसो खोजिरहेका कैयौँ कम्युनिस्ट तथा बामपंथीहरुको लागि यो पुस्तक निक्कै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।’
‘सोसल मुभमेन्ट बुझ्न सोसोलिज्म पढेँ । सुरुवाती दिनमा भौतिकवादलाई ठुलो उचाइमा राखेको थिइनँ,’ उनी भन्छन्, ‘मार्क्सवाद र विज्ञान पढ्न थालेपछि अध्यात्मवादबाट भौतिकवादतिर प्रवेश गरेँ ।’ उनी भन्छन्, ‘म चाहिँ कम्युनिस्ट हु र कम्युनिजममा धर्म भन्ने चिज नहुँदा आफूले आफूलाई नास्तिक ठान्दछु ।’
माक्र्सिजम पढ्दा पनि कतिपयले अरू कोणबाट नहेरेको बताउँछन् उनी । आफूले पढेको विषयको अन्तरसम्बन्ध खोज्छन् सुनुवार । तर्कमा पराजित गर्ने गरी पढ्न सक्नुपर्ने उनी बताउँछन् । भन्छन्, ‘समग्र रूपमा ध्यान दिनुपर्छ । जस्तोसुकै तर्क भए पनि सामना गर्ने गरी पढ्नुपर्छ ।’
‘अध्यात्मवाद र भौतिकवाद दुवै हुन खोजेर कम्युनिस्ट बिग्रिए। आइन्स्टाइनको लेखनमा अध्यात्मवादको नामोनिसान छैन, भौतिकवाद मात्र छ,’ नेपालका कम्युनिस्ट पाखण्डी लाग्ने बताउने सुनुवार भन्छन्, ‘तर पनि उनी अध्यात्ममा आस्था राख्थे । मार्क्सवादले चाहिँ अध्यात्मवादबाट भौतिकवादमा रूपान्तर गर्छ ।’