काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ४० रहेको छ भने अधिकतम ५०, गोलभेडा सानो (लोकल) न्यूनतम ५०, अधिकतम ६०, आलु रातो न्यूनतम ५६, अधिकतम ५८, आलु रातो (भारतीय) न्यूनतम ३५ अधिकतम ३६, आलु रातो (मुडे) न्यूनतम ४८, अधिकतम ५० र आलु सेतो अधिकतम ४६, न्यूनतम ४६ रुपैयाँ कायम भएको छ ।
यसैगरी प्याज सुकेको न्यूनतम ७२ देखि अधिकतम ७५, काउली स्थानिय न्यूनतम ८० अधिकतम ९० रुपैयाँ र भन्टा लाम्चो न्यूनतम २५ अधिकतम ३० भन्टा डल्लो न्यूनतम ५०, अधिकतम ६० र बन्दा (लोकल) न्यूनतम ४०, अधिकतम ५० रुपैयाँ प्रति केजीमा कारोबार भैरहेको समितिले जनाएको छ ।
यसैगरी, केरा दर्जन न्यूनतम १५० अधिकतम १६० र स्याउ (फूजी) प्रति केजी न्यूनतम ३२० अधिकतम ३५० रुपैयाँ कायम भएको छ ।
हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ?