काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ४० रहेको छ भने अधिकतम ४६., गोलभेडा सानो (लोकल) न्यूनतम ५०, अधिकतम ६०, आलु रातो न्यूनतम ५४, अधिकतम ५६, आलु रातो (भारतीय) न्यूनतम ३४ अधिकतम ३६, आलु रातो (मुडे) न्यूनतम ४५, अधिकतम ४८ र आलु सेतो अधिकतम ४५, न्यूनतम ४६ रुपैयाँ कायम भएको छ ।
यसैगरी प्याज सुकेको न्यूनतम ७३ देखि अधिकतम ७५, काउली स्थानिय न्यूनतम १०० अधिकतम १२० रुपैयाँ र भन्टा लाम्चो न्यूनतम ३० अधिकतम ४० भन्टा डल्लो न्यूनतम ५०, अधिकतम ६० र बन्दा (लोकल) न्यूनतम ६०, अधिकतम ७० रुपैयाँ प्रति केजीमा कारोबार भैरहेको समितिले जनाएको छ ।
यसैगरी, केरा दर्जन न्यूनतम १५० अधिकतम १६० र स्याउ (फूजी) प्रति केजी न्यूनतम ३२० अधिकतम ३५० रुपैयाँ कायम भएको छ ।
हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ?