छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रशासन प्रमुख पक्राउ

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रशासन प्रमुख पक्राउ

दाङ । दाङको पद्मोदय पब्लिक नमुना उच्च माविका प्रशासन प्रमुख पक्राउ परेका छन् । 

१६ वर्षीया छात्राले विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

त्यसअघि छात्राले श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको र यो कुरा कसैलाई भने मार्नेसम्मको धम्की दिएको फेसबुकमा लेखेकी थिइन् ।

बिहीबार साँझ मात्र पीडित पक्षले जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।