यातायात व्यवस्था कार्यालका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

यातायात व्यवस्था कार्यालका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

शाहीसहित तत्कालीन सहायक कम्प्युटर अप्रेटर (करार) नरेन्द्रकुमार कठरिया र कम्प्युटर अप्रेटर पवनकुमार रावलविरुद्ध शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकाे हाे ।

उनीहरूमाथि सरकारी कागजात सच्याएको एवं परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको छ ।

आ.व. २०७८/७९ मा प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरूलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीहरूलाई प्रयोगात्मक परीक्षामा सामेल गराइ उत्तीर्ण गराएको भन्ने उजुरी आएपछि अनुसन्धान हुँदा उनीहरू दाेषी ठहरिएकाे आयाेगले जनाएकाे छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजहरूलाई सोही ऐनको दफा १३ बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिइएकाे छ ।