ड्युटी समयमा निर्देशन विपरीत काम गरेको भन्दै काठमाडौं महानगरद्वारा १२ नगर प्रहरी कारबाहीमा

ड्युटी समयमा निर्देशन विपरीत काम गरेको भन्दै काठमाडौं महानगरद्वारा १२ नगर प्रहरी कारबाहीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले ड्युटी समयमा निर्देशन विपरीत काम गरेको भन्दै १२ जना नगर प्रहरीलाई कारबाही गरेको छ ।

१२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिएकाे हाे ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)का प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले ड्युटी आवरमा निर्देशन विपरीत काम गरेकाले बताए ।

'१२ जना नगर प्रहरीले विगत केही समयदेखि विवादित कार्य गरेकाले कारबाही गरिएकाे हाे । उहाँहरूलाई सरुवा गरिएको छ', उनले भने ।

निर्देशनविपरीत जानेलाई कारबाही गर्न पछि नहट्ने महानगरकाे दावी छ ।