झापा । मेचीनगरको भानु आधारभूत विद्यालयको व्यवस्थापन समितिले विद्यालयलाई बन्द हडतालमुक्त घोषणा गरेको छ ।
सरकारले तोकेको सार्वजनिक बिदाबाहेक विद्यालयको पठनपाठन कहिल्यै अवरुद्ध नहोस् भन्नाका लागि यस्तो निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर ओलीले बताए ।
उनका अनुसार समितिको बैठकमा विद्यालयलाई बन्द मुक्त बनाउने सर्वसम्मत निर्णय भएको हो । विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीले उक्त निर्णयमा सहमति जनाएका छन् ।




























