काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिकाका जनप्रतिनिधिले २३ लाखभन्दा बढी रकम विल मिलाएर रकम हिनमिना गरेको खुलासा भएको छ ।
खाना खाएको खर्च विषयमा छानविन गर्न बनेको समितिले बुझाएको प्रतिबेदनमा २३ लाख रकम फर्जीबिल मिलाएर रकम भुक्तानी लिएको खुलासा गरेको हो । पटक-पटक खाजा प्रकरणको समाचार प्रकाशित भएपछि कार्यपालिकाको बैठकले बनाएको छानमिन समितिले २३ लाख ५८ हजार ४४५ रुयैयाँ रकम हिनामिना भएको बताएको हो ।
कार्यकापालिकाको बैठकमा जनप्रतिनिधिले उक्त रकमको खाजा , नास्ता खाए भनि नगरपालिकाको लेखा शाखाबाट फर्जी बिल प्रयोग गरि ३० लाख ४८ हजार ४६५ रुपैयाँ होटललाई भुक्तानी दिइसकेको निष्कर्ष निकालेको छ। खाजा नास्ताको बिल भन्दा बढी अर्थात २३ लाख ५८ हजार ४४५ रकम झुटा बिल प्रयोग गरेर लेखा शाखाबाट रकम भुक्तानी भएको पाइएको हो।
छानमिनको क्रम्मा कार्यपालिकाका १५ बैठक , २ वटा नगरसभा , भू उपयोगको बैठक २ वटा , जनप्रतिनिधिको बिदाई र स्वागत कार्यक्रम १ वटा , कर्मचारीको परीक्षा सञ्चालन समितिको १ वटा कार्यक्रमको रकम खर्च भुक्तानी भएको छ। प्रतिबेदनमा कर्मचारीले नै खाना र खाजाको रकम अनियमितता गरेको उल्लेख गरिएको छ।
त्यस्तै ११ लाख ४२ हजार १४५ हजार रुपैयाँको अर्को बिल बाँकी रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले तोक आदेश गरेर लेखामा पठाएका थिए । उक्त रकम मध्यबाट बास्तविक रकम भुक्तानी गर्नुपर्ने ६८ हजार ५६० रुपैया मात्र भएको कार्यपालिकाले औल्याएको छानमिन समितिका संयोजक प्रेम खत्रीले जानकारी दिए।
भुक्तानी भएको पहिलो बिल ३० लाख ४८ हजार ४६५ मध्यबाट खाजा , नास्ताको जम्मा ६ लाख ९ हजार २० रुपैया मात्र बास्तविक बिल भएको कार्यपालिकाले निस्कर्ष निकालेको छ। लेखाशाखा र प्रमुख प्रशासकीय अधिकृतसँगै होटल व्यवसायीको मिलेमत्तोमा भारी रकम बदमासी गरेको कार्यपालिकाले नै औल्याएपछि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले सो रकम फिर्ता गर्छु भनेपनि हाल सम्म रकम फिर्ता नगरेको संयोजक खत्रीले बताए।
कार्यपालिकाको बैठकमा आएर फर्जी बिल बनाएको कुरा स्वीकार गर्दै उक्त रकम फिर्ता गर्छु भनि असोज २४ गते सम्म समय दिइएपनि रकम नगरपालिकाको खातामा जम्म नभएको उनले बताए। रोकाय सम्पर्कमा समेत नआएको उनले बताए ।