काठमाडौं । एक महिनाको अवधीमा अभिकांश तरकारीको थोक मूल्य बढेको छ।
कालिमाटी तरकारी तथा फलफूल बजार बिकास समितिका अनुसार आलु, गाँजर, काउली, मुला,च्याउ, रायो, पालुंगो, चमसुर, मेथीको साग, हरियो प्याज जिरीको साग, सौफको साग लगायतका तरकारीमा १३ प्रतिशत देखि ९६ प्रतिशत सम्म मूल्य बृद्धि भएको छ।
गत महिनाको तुलनामा यी बिभिन्न तरकारीको मूल्य प्रतिकेजी ३७ रुपैयाँ सम्म बढेको देखिएको छ। अघिल्लो महिना २८ रुपैयाँ प्रतिकेजीमा ब्यापार भएको रायो साग आज ५५ रुपैयाँ पुगेको छ। रायो सागमा प्रतिकेजी २७ रुपैयाँ बढेको हो।
त्यस्तै, गाँजरमा प्रतिकेजी ११ रुपैयाँ, काउलीमा १० रुपैयाँ, मुलामा ५ रुपैयाँ, पालुंगोमा ३२ रुपैयाँ, चम्सुरमा ३२ रुपैयाँ, मेथीको सागमा ३२ रुपैयाँ, हरियो प्याजमा ५ रुपैयाँ, च्याउमा १८ रुपैयाँ, जिरीको सागमा ३२ रुपैयाँ, सौफको सागमा ३२ रुपैयाँ, गान्टेमुलामा ३७ रुपैयाँ प्रतिकेजी मूल्य बढेको छ।