विप्लवका कार्यकर्ताले गरे मिटरब्याजीको घर घेराउ

विप्लवका कार्यकर्ताले गरे मिटरब्याजीको घर घेराउ

 

रुपन्देही । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले  भैरहवामा एक मिटरब्याजीको घर घेराउ गरेका छन् ।

उनीहरूले सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी रमानन्द बानियाँको घर घेराउ गरेका हुन् ।

मिटरब्याजी पीडितहरूले नेकपालाई घर घेराउ गर्न आग्रह गरेको बताइएकाे छ ।

बानियाँबिरुद्ध ठगी गरेकाे भन्दै ६२ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपनि प्रशासनले वास्ता नगरेपछि नेकपालाई गुहारेका हुन् ।

यता जिल्ला प्रशासन कार्यालयले यससम्बन्धमा अनुसन्धान भइरहेकाे बताएकाे छ ।