बुटबल । पाल्पाको लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पतालका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
कलेजका १० औँ सेमेस्टरका विद्यार्थीहरू सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
कलेजले इन्टर्नसिप तथा अन्य अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने विद्यार्थीहरूको माग छ । यता कलेज प्रशासनले ४ वर्षअगाडिको सरकारले तोकेकै शुल्क लिएको बताएकाे छ ।
सय जना विद्यार्थीहरू तीन दिनदेखि आन्दोलनरत छन् । उनीहरूमध्ये ५६ जना शुल्क फिर्ता नभएसम्म इन्टर्नसिप गर्न नजाने अडान लिएका छन् ।
इन्टर्नसिप शुल्कलगायत अन्य विभिन्न शीर्षकमा दशौँ ब्याचका विद्यार्थीलाई मात्र अतिरिक्त शुल्क कलेजले लिएकाे आन्दाेलनरत विद्यार्थीकाे भनाइ छ ।
अतिरिक्त शुल्क फिर्ता गर भनी निवदेन दिइरहे पनि प्रशासनले मतलब नगरेकाे एक विद्यार्थीले बताए ।
यता प्रशासनले भने अतिरिक्त शुल्क नलिएको दावी गरेकाे छ ।


























