कैलालीको घोडाघोडीमा बस र ट्रक एकआपसमा ठोक्किँदा १५ जना घाइते

कैलालीको घोडाघोडीमा बस र ट्रक एकआपसमा ठोक्किँदा १५ जना घाइते

धनगढी । कैलालीमा बस र ट्रक एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् ।

घाेडाघाेडी नगरपालिका- १० घुम्नी भाकलमा दुर्घटना भएकाे हाे ।

पूर्वबाट पश्चिम तर्फबाट गइरहेको सुपप्र ०१००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म १ ख ९०९ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

ट्रक चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएकाे छ ।

घाइते भएकाकाहरूलाई घोडाघोडी अस्पताल पुर्‍याइएकाे छ ।  घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे छ ।