काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
शनिबार नेपाल नेदरल्यान्डसँग ७ विकेटले पराजित भएसँगै नेपाल विश्वकप छनोटको 'सुपर सिक्स'मा पुग्न असफल भयो ।
समूह 'ए' बाट जिम्बाब्वे, वेस्टइन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुग्दा नेपाल र अमेरिका भने समूह चरणबाटै बाहिरिए ।
टस हारेर पहिले ब्याटिङ राेजेकाे नेपालले ४४.३ ओभरमा १६७ रनमात्र बनाउन सकेको थियो । जवाफमा उक्त लक्ष्य नेदरल्यान्डसले २७ ओभरमा नै ३ विकेट गुमाएर पुरा गर्यो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओडावडले सर्वाधिक ९० रनको इनिङ खेल्दा विक्रमजित सिंहले ३० रन बनाए । त्यस्तै, बास डे लिडले ४१ रनको अविजित इनिङ खेले । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा गुल्सन झाले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए। यस्तै, कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा कुशल मल्ल १२ रनमा आउट भए।
थप दोहोरो स्कोरका रूपमा दीपेन्द्रसिंह ऐरीको १४ रन बनाउँदा गुल्सन झा १५ रनमा आउट भए । त्यस्तै, सन्दीप लामिछानेले २७ रनमा आउट भए ।
नेदरल्यान्ड्सका लागि लोगन भान बेकले ४ विकेट लिँदा विक्रम जित सिंह र बास दि लिडले समान २-२ विकेट लिए। त्यस्तै, क्लेटन फ्लोइड र अर्यान दतले समान १-१ विकेट लिएका थिए।