यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, आज यी ठाउँमा हुँदै छ वर्षा  !

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, आज यी ठाउँमा हुँदै छ वर्षा  !

काठमाडौं । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिन आज भारी वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा मनसुनी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ। जारी बुलेटिनमा हाल देशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ । 

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ/गर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

राती पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ(गर्जनरचट्याङ्गसहित‍ मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
 
महाशाखाका अनुसार सोमबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ/गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।

मंगलबार पनि बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ/गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।