काठमाडौं । संयुक्त राष्ट्रसंघीय महासभाले गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’को आह्वान गर्दै इजरायल र गाजाका हमास शासकबीचको शत्रुताको अन्त्यको लागि गैरबाध्यकारी प्रस्तावलाई पारित गरेको छ ।
हमास आक्रमणपछि इजरायल र प्यालेष्टिनी क्षेत्रमा चर्किएको हिंसात्मक गतिविधिका लागि सयुक्त राष्ट्रसंघको पहिलो प्रतिक्रिया हो ।
विश्व समुदायको छाता संगठनको रूपमा रहेको १९३ सदस्यीय निकायले अमेरिकाले समर्थन गरेको क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ देशको अनुपस्थितिमा १२० का विरूद्ध १४ मत फरकले प्रस्ताव पारित गरेको छ ।
संयुक्त राष्ट्रसंघका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले महासभालाई विभाजित संयुक्त राष्ट्रसंघभन्दा अधिक साहासी र सैद्धान्तिक बन्नुपर्नेमा जोड दिए ।
विगत २ हप्तामा ४ पटक सहमतिका लागि गरिएको प्रयासमध्ये २ भिटो शक्तिका कारण र अन्य २ सहमतिको पक्षमा कम्तीमा ९ मत नपुग्दा विफल भएका छन् ।
इजराइलको संयुक्त राष्ट्रसंघीय राजदूत गिलाड एर्डनले मतदानपछि भने, ‘हमासको आतंककारी क्षमता नष्ट नभएसम्म र हाम्रा बन्धकहरूलाई फिर्ता नगरेसम्म इजरायलले कारवाही बन्द गर्ने छैन ।’ उनका अनुसार हमासलाई नष्ट गर्ने एउटै मात्र उपाय उनीहरूको सुरुङ र आतंकवादी सोचलाई जरैबाट हटाउनु हो ।
संयुक्त राज्य अमेरिकाद्वारा समर्थित क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ सदस्यको अनुपस्थितिसहित १९३ सदस्यीय वैश्विक निकायले १२० को विरूद्ध १४ मतले प्रस्ताव पारित गरेको थियो । उसले अक्टोबर ७ मा हमासले गरेको ‘आतंकवादी हमला’को स्पष्ट निन्दा गर्नुका साथै हमासले कब्जामा लिएका बन्धकहरूलाई तत्काल रिहा गर्न माग गरेको थियो, जसको उल्लेख अरबले तयार पारेको प्रस्तावमा गरिएको छैन ।
संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत लाना नुसिबेह, सुरक्षा परिषद्का अरब प्रतिनिधिले पनि परिणामप्रति खुशी व्यक्त गरेका छन् ।