काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता भाेलि साेमवारदेखि शुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने छनाेट प्रतियाेगिता आउँदाे १९ गतेसम्म चल्नेछ ।
टी–२० विश्वकप छनाेटका लागि नेपालले आज आइतवार त्रिवि क्रिकेट मैदानमा तयारी गरेकाे छ । नेपालले भाेलि सिङ्गापुरसँग खेल्दैछ । यस्तै दाेस्राे खेलमा पर्सि मङ्गलवार मलेसिया र तेस्राे खेलमा आउँदाे बिहीवार ओमानसँग खेल्नेछ ।
नेपाल रहेको समूह 'ए' मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह 'बी' मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।
नेपालले छनोटका लागि रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
तस्बिर: क्यान